ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनले छिटो देश निकालालाई अगाडि बढाएपछि न्याय विभाग आप्रवासन न्यायाधीशहरूको ढिलाई तर्फ लक्षित|प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै|लुम्लेको नयाँ गन्तव्य : कविता पार्क|अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने|धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर|सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान|लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना|आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान|अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न इजरायलस्थित नेपाली राजदूतावासको अनुरोध|पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर: १ सय ७६ नेपाली लाभान्वित

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ।

संवैधानिक परिषद्का अध्यक्ष समेत रहनुभएका सम्माननीय प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची’  प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

  himalayanvoice.com | २३ बैशाख २०८३, बुधबार १५:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online