ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

फिफा विश्वकप २०२६ को लागि आयोजक राष्ट्र अमेरिकी टोलीको घोषणा आयोजक राष्ट्र अमेरिकाले जुन १३ तारिख पाराग्वेसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ । 

लस-एन्जलस। आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि घरेलु टोली आयोजक राष्ट्र अमेरिकाले राष्ट्रिय समुहको खेलाडीहरुको नाम  घोषणा गरेको छ । 

अमेरिकी प्रशिक्षक प्रशिक्षक मौरिसियो पोचेटिनोले मङ्गलबार राति २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् । विश्वकपमा अमेरिका समूह ‘डी’ मा रहेको छ ।

यस समूहमा पाराग्वे, अस्ट्रेलिया र टर्की रहेको छ । आयोजक राष्ट्र अमेरिकाले जुन १३ तारिख पाराग्वेसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।

अमेरिकी विश्वकप टोली:

गोलरक्षक : क्रिस ब्राडी, म्याट फ्रिज र म्याट टर्नर 

रक्षक : म्याक्स आर्फ्स्टेन, सर्जिनो डेस्ट, एलेक्स फ्रिम्यान, मार्क म्याकेन्जी, टिम रिम, क्रिस रिचर्ड्स, एनटनी रोबिन्सन, माइल्स रोबिन्सन, जो स्काली र अस्टन ट्रस्टी

मिडफिल्डर : टायलर एडम्स, सेबास्टियन बेरहाल्टर, वेस्टन म्याककेनी, क्रिस्टियन रोल्डान, ब्रेन्डन आरोनसन, क्रिस्टियन पुलिसिक, जियो रेना, मालिक टिलम्यान, टिम वेआ, अलेजान्द्रो जेन्डेजास

स्ट्राइकर : फोलारिन बालोगुन, रिकार्डो पेपी र हाजी राइट

  himalayanvoice.com | १४ जेष्ठ २०८३, बिहीबार २३:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online