सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेलसहित छ जनाविरुद्ध १५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा १५ करोड ८८ लाख ५० हजार रुपिँयाको भ्रष्टाचार मुद्दा दायरा गरेको जानकारी दिनुभयो ।

मुद्दा दायरा हुनेमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायक हुनुहुन्छ।, त्यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डिष्ट्रिब्युसन नेपाल प्रा लि कान्तिपथ, काठमाडौँ र उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध मुद्दा दायरा भएको पौडेले बताउनुभयो ।

सरकार/सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियत निर्धारित शर्त तथा मापदण्डविपरीतको गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी झुटा कागजात पेश गरी गराई अस्वाभाविक मूल्य कायम भएको उक्त सामग्री बापत १५ करोड ८८ लाख ५० हजार रुपियाँ बराबरको रकम भुक्तानी दिने कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ समेतको कसूरमा उहाँहरुलाई मुद्दा दायरा गरेको पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×