ट्रेण्डिङ्ग:
|गभर्नर न्यूसमद्वारा ओरेन्ज काउन्टीमा आपतकालीन घोषणाको लागि राष्ट्रपति ट्रम्पलाई अनुरोध|संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन|कान्सको जुरी प्राइज अवार्डद्वारा सम्मानित ‘एलिफेन्ट इन द फग’ टोली स्वदेश फर्कियो|नेपाल अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश|परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड|हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, हिमपात, तराईमा तातो हावा|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह

सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या

इनरुवा । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई गोली प्रहारी गरी हत्या भएको हो ।

खातुनलाई उहाँकै भिनाजु देश भारत पत्रहा पञ्चायत–१६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेको मृतकको बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार गफारको छोरी अरसिको घटनास्थलमै मृत्यु भएको र गोली प्रहार गर्नेको भिनाजु जट तत्काल फरार रहेको छ ।

घटनाको खबर प्राप्त हुना साथ तत्काल प्रचौ घुस्कीहाटबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा प्रहरी टोली खटाएको र थप बुझ्ने कार्य भइरहेको खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि सिडिओ अधिकृतसहितको प्रहरी टोली खटिएको छ । साथै गोली हान्ने व्यक्तिको खोजी भइरहेको छ ।

घटनास्थलबाट सानो हतियारमा लाग्ने १ थान नपड्केको गोली फेला परेको छ भने पोष्टमार्टमका लागि शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मृतकको टाउकोको बाँया साइडमा चोट देखिएको जनाएको छ ।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार ००:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online