ट्रेण्डिङ्ग:
|गभर्नर न्यूसमद्वारा ओरेन्ज काउन्टीमा आपतकालीन घोषणाको लागि राष्ट्रपति ट्रम्पलाई अनुरोध|संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन|कान्सको जुरी प्राइज अवार्डद्वारा सम्मानित ‘एलिफेन्ट इन द फग’ टोली स्वदेश फर्कियो|नेपाल अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश|परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड|हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, हिमपात, तराईमा तातो हावा|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह

बाढी र भेलले सडक कटान हुँदा बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

बनेपा । पूर्वी तराई तथा मध्यपहाडी जिल्लालाई जोड्ने बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । सोमबार राति परेको वर्षासँगै आएको भेलले बिपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले वर्षासँगै आएको भेलका कारण बिपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका– ११ माम्ती, रोसी गाउँपालिका–९ पिन्थली र रोसी गाउँपालिका–९ बिरुवामा खहरे खोलामा आएको लेदोका कारण सडक अवरुद्ध भएको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक घलेले माम्तीमा सोमबार राति १० बजे, पिन्थलीमा साढे १० बजे र बिरुवामा सोमबार राति साढे ११ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध रहेको बताउनुभयो । जेसीबिको प्रयोगबाट अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

वर्षायाममा हुन सक्ने बिपी राजमार्ग अवरुद्ध हटाउनका लागि सडक डिभिजन भक्तपुरले धुलिखेलदेखि सिन्धुलीको सिमाना डालाबेशीसम्म जेसिबी, लोडर, ग्रेडर, ट्रीपरलगायतका २१ वटा उपकरण राजमार्गमा राखेको जनाएको छ । गत असोज महिनामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि सामान्य वर्षामा समेत बिपी राजमार्ग अवरुद्ध हुने गरेको छ ।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार २३:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online