ट्रेण्डिङ्ग:
|गभर्नर न्यूसमद्वारा ओरेन्ज काउन्टीमा आपतकालीन घोषणाको लागि राष्ट्रपति ट्रम्पलाई अनुरोध|संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन|कान्सको जुरी प्राइज अवार्डद्वारा सम्मानित ‘एलिफेन्ट इन द फग’ टोली स्वदेश फर्कियो|नेपाल अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश|परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड|हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, हिमपात, तराईमा तातो हावा|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह

प्यूठानबाट एकल महिलाको ‘रातो अबिर अभियान’

प्यूठान । “श्रीमान् गुमाएपछि जिन्दगी सकिँदैन, अब हामी चुप बस्दैनौं,” प्यूठानकी एक ६० वर्षीया महिलाको यो आवाज अहिले जिल्लाका एकल महिलाहरूको अभियान बनेको छ।

प्यूठानमा एकल महिलाहरूको पहलमा सुरु भएको ‘रातो अबिर अभियान’ले समाजमा जरो गाडेको विभेदकारी सोचविरुद्ध बहस मात्र हैन, कार्यान्वयनको अभ्यास पनि थालेको छ।

प्यूठानको जुम्रीमा सामाजिक विकास डिभिजन कार्यालयले आयोजना गरेको दुईदिने क्षमता विकास तालिममा सहभागी १५० जना एकल महिलाले एक स्वरमा भन्नुभयो, “रातो रङ श्रीमानको होइन, प्रकृतिको उपहार हो। यो रङ छुन नपाउने सोच अब तोड्नुपर्छ।”

सेतो कपडामा बाँधिनु पर्ने, सार्वजनिक सवारीमा चढ्दा साइत बिग्रन्छ भनेर रोकिने, खुला रूपमा गफ गर्न दिइँदैन र यस्ता व्यवहारविरुद्ध महिलाहरू एकजुट भएका छन्।

नौ बहिनी गाउँपालिकाकी एक महिलाले भन्नुभयो, “श्रीमान् मलेसिया गएका थिए, फर्केनन्। दु:ख त थियो नै, समाजबाट अपहेलना पनि पाइयो। तर यस्तै अवस्था मेरी मात्रै होइन रहेछ।”

कार्यक्रममा २१ देखि ६० वर्षसम्मका महिलाहरूको सहभागिता रहेको थियो। कसैले श्रीमान् २१ वर्षकै उमेरमा गुमाएका थिएभने, कोही तीन सन्तानसहित जीवनसँग सङ्घर्ष गरिरहेका छन् ।

कार्यक्रम समापनमा लुम्बिनी प्रदेश सांसद निमा गिरीले भन्नुभयो, “हामी नेताहरू सँधै मध्यम वर्गमा सीमित भयौँ। तर यी महिलाहरू त गुमनाम नायिका रहेछन्। त्यसैले म आफैँले बजेट सुनिश्चित गरेकी हुँ।”

कार्यक्रमको उद्घाटनमा प्रदेश सभामुख तुलाराम घर्तीमगरले अभियानलाई लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा फैलाउने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा विवाहित नभएका तर समाजबाट टाढा पारिएका महिलाहरूको सवाल पनि उठ्यो। “विवाह नगरेका महिलालाई पनि एकलको पहिचान दिनुपर्छ। उनीहरू पनि राज्यका सेवामा पर्नुपर्छ,” सहभागी महिलाहरूको भनाइ थियो।

सामाजिक विकास डिभिजन कार्यालयका सूचना अधिकारी पारस भण्डारीका अनुसार, “रातो अबिर अभियान महिलाहरूको आत्मसम्मान, स्वतन्त्रता र सामाजिक पुनर्स्थापनाको प्रतीक बन्ने छ।”

  himalayanvoice.com | ३१ असार २०८२, मंगलवार १२:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online