ट्रेण्डिङ्ग:
|गभर्नर न्यूसमद्वारा ओरेन्ज काउन्टीमा आपतकालीन घोषणाको लागि राष्ट्रपति ट्रम्पलाई अनुरोध|संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन|कान्सको जुरी प्राइज अवार्डद्वारा सम्मानित ‘एलिफेन्ट इन द फग’ टोली स्वदेश फर्कियो|नेपाल अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश|परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड|हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, हिमपात, तराईमा तातो हावा|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह

विपी राजमार्गमा रातभर सवारी सञ्चालनमा रोक

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले साउन १ गतेदेखि साउन मसान्तसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

कार्यालयले वर्षायाममा बाढीपहिरोलगायतको विपद्जन्य घटनाबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा यात्रुको सुरक्षाका लागि उक्त निर्णय गरेको जनाएको हो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेँशीहुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको बताउनुभयो ।

उहाँले तत्कालका लागि यात्रुबाहक सवारी र निजी सवारीलाई रोक लगाइएको बताउँदै आकस्मिक र मालबाहक सवारीको हकमा भने उक्त नियम लागु नुहने बताउनुभयो ।

“पछिल्ला दिनमा वर्षासँगै आएको लेदोको कारण घण्टौँसम्म राजमार्ग अवरुद्ध हुन पुगेको छ, हामीले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएका कारण कुनै मानविय क्षति हुन पाएको छैन, आागामी दिनमा राजमार्गमा यात्रा गर्ने यात्रु तथा सवारीमा कुनै क्षति नहोस् भन्नका लागि हामीले साँझ ५ बजेदेखि सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेका हौँ” प्रजिअ ढकालले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले यसअघि असार ६ गतेबाट साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाएको थियो ।

गत असोज महिनामा रोसी खोलामा आएको बाढीका कारण विपी राजमार्गको काभ्रेभन्ज्याङदेखि कटुञ्जेबेँशीसम्म सामान्य क्षति पुगेको थियो भने कटुञ्जेदेखि सिन्धुलीको सिमाना बोक्सीकुनासम्मको २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो ।

बाढीबाट क्षति भएको राजमार्गको विभिन्न स्थानमा सामान्य वर्षा हुँदा लेदो आई सडक अवरुद्ध हुने गरेको छ भने केही माम्तीमा लेदोसहितको भेल आई सडक कटान गरी सडक घण्टौँ अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेपछि प्रशासनले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।

  himalayanvoice.com | ३१ असार २०८२, मंगलवार १२:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online