लस-एन्जलस । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभाग (युएससिआइस)ले ठुलो संख्यामा अमेरिकामा बसोबास गरिरहेका कागजपत्र बिहिन आप्रवाशीहरुलाई हिरासतमा राख्ने निर्णय गरेको छ। यसअघि संघिय सरकारले अध्यागमन समबन्धि अनुसन्धान गर्ने निकायहरुलाई गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने जो कोहीलाई पनि सुनुवाइको अनुमति नदिई जेल हाल्न सकिने कानुनी अधिकार प्रत्यायोजन गरेको थियो ।
आईसका कार्यवाहक निर्देशक टोड लियोन्सले जुलाई ८ मा कर्मचारीहरूलाई दिएको निर्देशन अनुसार अध्यागमन सम्बन्धित निकायहरुले अबैध आप्रवाशीलाई हिरासतमा राख्ने आफ्नो प्रत्यायोजित अधिकारबारे पुनर्विचार गरिरहेको छ । लियोन्सको लिखित निर्देशन अनुसार कागजपत्र बिहिन आप्रवाशिहरु अध्यागमन अदालतका न्यायाधीशसमक्ष सुनुवाइको लागि अयोग्य हुनेछन्। र होमल्याण्ड सेक्युरिटीले सफाई नदिएसम्म उनीहरूलाई रिहा गर्न सकिँदैन।
अमेरिकी समाचार पत्र वाशिंगटन पोस्टले पहिलो पटक सार्वजनिक गरेको उक्त निर्देशनमा यस अघिको सरकारले अध्यागमन अदालतमा मुद्दा चलिरहँदा स्वतन्त्र रुपमा सुनुवाइको अनुमति दिइएकाहरुलाई समेत हिरासतमा राख्न १९९६ को कानूनलाई अधिकतम प्रयोग गर्ने ट्रंप प्रशासनको पछिल्लो अभियानको पुष्टि गर्दछ।
सुनुवाइको अनुमति नदिई जेल हाल्न सकिने कानुनी अधिकार प्रत्यायोजन बारे होमल्याण्ड सेक्युरिटीका प्रवक्ता ट्रिसिया म्याकलफ्लिनले भनिन्, ‘बाइडेन प्रशासनले खतरनाक रूपमा लाखौं गैरकानूनी आप्रवासीहरूलाई देशमा प्रवेश गरायो । बाइडेन प्रशासनबाट गैरकानूनी आप्रवासीहरूलाई अमेरिका प्रवेश गराउदा धेरै कमजोरीहरू भयो । राष्ट्रपति (डोनाल्ड) ट्रम्प र सचिव (क्रिस्टी) नोएमले अब यो कानून लागू गर्दैछन् किनकि यो वास्तवमा अमेरिकालाई सुरक्षित राख्न लेखिएको कानून थियो।’
म्याकलफ्लिनले थपिन, ‘राष्ट्रपति ट्रम्पले सीमा र आप्रवासन प्रवर्तनमा लगभग १७० बिलियन अमेरिकी डलर खर्च गर्ने कानूनमा हस्ताक्षर गरेपछि आईससँग सिमा शुरक्षा र अवैध आप्रवाशी धरपकड र डिपोर्टको लागि प्रशस्त समय र सुबिधा उपलब्ध हुनेछ। यसले आईसलाई आश्चर्यजनक रुपमा अवैध आप्रवाशी धरपकड, हिरासत र डिपोर्ट गर्न सक्नेछ ।यसीमा र आप्रवासन प्रवर्तन अन्तर्गत हिरासतको लागि मात्र ४५ बिलियन अमेरिकी डलर बिनियोजन गरिएको छ।
अमेरिकी आप्रवासन कानुन ब्याबसायी संघका सरकारी सम्बन्धका वरिष्ठ निर्देशक ग्रेग चेनले गत हप्ता देशभरका वकिलहरूबाट नयाँ निर्देशन अन्तर्गत ग्राहकहरूलाई अध्यागमन अदालतमा हिरासतमा लिइँदैछ भन्ने विषयमा सुनुवाइ गरे। त्यसमध्य हिरासतमा लिइएका एक व्यक्ति २५ वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका थिए।
चेनका अनुसार कानुनी रूपमा आएका र भिसाको म्याद सकिएपछि बसेका मानिसहरूलाई यसले असर नगरे पनि, यो पहल अवैध रूपमा सीमा पार गर्ने जो कोहीलाई पनि लागू हुनेछ । ट्रम्प प्रशासनले “न्यायाधीशद्वारा कुनै पनि विषयमा अध्यन र समीक्षा नगरी सकेसम्म धेरै मानिसहरूलाई हिरासतमा राख्न व्यापक हिरासत नीतिलाई तीव्र गतिमा अगाडि बढाएको छ। यसले संयुक्त राज्य अमेरिका निकट भविष्यमा आप्रवाशीहरुलाई हरूलाई कैद गर्ने राष्ट्रमा परिणत गर्नेछ ।
यता लियोन्सले आफ्नो निर्देशनमा भनेका छन्, ‘नजरबन्द पूर्णतया आईसको विवेक भित्र छ, तर उनले स्वीकार गरेका छन् कानुनी चुनौती सम्भव छ। त्यस कारणले गर्दा, उनले आईसका वकिलहरूलाई समुदायको लागि सम्भावित खतरा र जोखिमपूर्ण डिपोर्ट बारे अध्यागमन न्यायाधीश समक्ष नजरबन्दको लागि तर्क र प्रमाणहरूसङ्कलन गर्ने कार्य जारी राख्नु पर्छ।’
स्मरण रहोस जुनको अन्त्यमा आईसले लगभग ५६,००० मानिसहरूलाई आश्रय दिएको थियो, जुन अहिलेसम्मकै उच्च हो र यसको बजेट क्षमता लगभग ४१,००० भन्दा बढी हो। होमल्याण्ड सेक्युरिटीको नया विनियोजित बजेटले औसत दैनिक जनसंख्या १००,००० लाई अनुमति दिने बताएको छ।
(पुनश्च: यो सामाचार एसोसिएट प्रेस, (एपी)को समाचार सामग्री सौजय्न्य सहयोगमा एजेन्सीहरुको साथमा तयार पारिएको हो)
प्रतिक्रिया