ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई

काठमाडौँ । सम्पादक समाज नेपालले यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२ रत्नराज्यलक्ष्मी क्याम्पसका पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपाललाई प्रदान गर्ने भएको छ ।

सम्पादक समाज नेपालको आइतबार बसेको बैठकले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरेको पुरस्कार डा. नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार प्रमाणपत्रसहित २५ हजार एक रुपियाँ राशि रहेको छ ।

त्यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार वातावरण संरक्षण एवं जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा कलम चलाउँदै आउनुभएका गोरखापत्र दैनिकका पत्रकार चाँदनी हमाल र नेपाल भाषाका माध्यमबाट पत्रकारिता क्षेत्रमा योगदान पु-याउँदै आउनुभएका ‘शुव्रmवाःया तँसापौ साप्ताहिक’ का स्तम्भकार तथा गोरखापत्र बहुभाषा पृष्ठ ‘नयाँ नेपाल’को नेपाल भाषा पृष्ठका सहसंयोजक राजेन्द्र मानन्धरलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार राशि जनही १५ हजार एक रुपियाँ राशि रहेको छ ।

समाजले यस वर्षका लागि वरिष्ठ पत्रकार शरच्चन्द्र वस्ती र सुदर्शन आचार्यलाई सम्पादक समाज नेपाल सम्मानबाट सम्मानित गर्ने निर्णय पनि गरेको छ । उक्त पुरस्कार आगामी माघ

३ गते शनिबार, संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा एक कार्यव्रmमबिच प्रदान गरिने सम्पादक समाज नेपालको विज्ञप्तिमा उल्लेख छ ।

  himalayanvoice.com | १ माघ २०८२, बुधबार १२:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online