ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड, पारसको दमदार प्रस्तुति

काठमाडौँ । नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ ।

सिङ्गापुरमा शनिबार भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालले लगातार दोस्रो पटक यस अवार्ड जितेको  हो ।

सम्मेलनमा भाग लिन जानुभएका नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गर्नुभयो ।

आइसिसीले यसअघि नै नेपाललाई एसियाली क्षेत्रको विजेताका रुपमा ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’  अवार्डको मनोनयनमा पारेको थियो ।

यस अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया परेका थिए ।

सम्मेलनमा पारसको दमदार प्रस्तुती

आइसिसीको सम्मेलनमा भाग लिनुभएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं सचिव पारस खड्काले सम्मेलनमा नेपाली क्रिकेटको अवस्था र भविष्यको योजान बारे दमदार प्रस्तुति दिनुभएको छ ।

उहाँले आइसिसी सम्मेलनमा नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने लक्ष्यमा अघि बढिरहेको बताउनुभयो । उहाँले पछिल्लो १० वर्षमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो फड्को मारेको र यसमा आइसिसी, नेपाल सरकार तथा सरोकारवालाको ठूलो साथ रहेको पनि उल्लेख गर्नुभयो ।

‘‘नेपालले दुई पटक आइसिसी टी–२० विश्वकप खेलिसकेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को सफलता, महिला क्रिकेटको प्राथमिकता, ग्रासरुट क्रिकेटको विकाससँगै विस्तारै  टेस्ट बन्ने हाम्रो प्रतिबद्धता हो,’’ पारसले भन्नुभयो ।

उहाँले नेपाली क्रिकेटमा संरचनागत सुधार भइरहेको र यसले ठुलो स्टेजको रुप लिने पनि दाबी गर्नुभयो । नेपाल क्रिकेटको इतिहास स्मरण गर्दै पारसले भन्नुभयो,’’ हामीले करिब दुई दशक नेपाली टोलीलाई डिभिजन फाइभबाट ओडीआई राष्ट्रसम्म पुर्‍याउने काम गरेका छौँ । अहिले हामी जहाँ पुगेका छौँ, त्यो यात्रा अविश्वसनीय छ। अब हाम्रो यात्रा रोकिँदैन, तर योजनाबद्धररुपमा अघि बढ्नु जरुरी छ।’’

उहाँले नेपालका गतवर्ष आयोजना गरिएको एनपिएललाई  नेपाली क्रिकेटको रूपान्तरणकारी क्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एनपिएल केवल नेपालमा मात्र सीमित रहेन, यसले अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिच्यो । आठ फ्रेन्चाइज स्थानीय लगानीकर्ताले सञ्चालन गरे, शिखर धवन र जिमी निसमजस्ता अन्तर्राष्ट्रिय खेलाडीले प्रतक्ष्य स्वाद चाखे । ब्रायन लाराजस्ता महान व्यक्तित्व नेपाल पुगे । निसमले आफ्नो पहिलो फ्रेन्चाइज टाइटल नेपालमै जिते ।’’

सम्बोधनका क्रममा पारसले भन्नुभयो,  ‘‘एनपीएलको ट्रफीमा सगरमाथाको ढुङ्गा राखेर विश्वको ध्यान खिच्यौँ । यसबाट विश्वलाई सन्देश दिन खोज्यौँ, कि जलवायु परिवर्तन गम्भीर समस्या हो र नेपाल त्यसको केन्द्रमा छ । क्रिकेटमार्फत पनि यस्तो सन्देश फैलाउन सकिन्छ।’’

पारसले नेपालले अन्त्र्राष्ट्रिय क्रिकेटमा पाएका सफलता, महिला र उमेर समूहको प्रदर्शन जस्ता विषय पनि उजागर गर्नुभयो । उहाँले नेपाली क्रिकेटमार सरकारले ठूलो लगानी गरिहरेको भन्दै आइसिसी र अन्य निकायको सहयोग पनि उक्तिकै आवश्यक रहेको बताउनुभयो ।

‘‘नेपाली क्रिकेटमा ठूलो दर्शक छ, सरकार र आइसिसीको पनि साथ छ । फर्ड लाइटसहितको क्रिकेट रङ्गशाला तयार भइरहेको छ । हामीले घरेलु क्रिकेटमा रेड बल फर्म्याट सुरु गरिसकेका छौँ। फ्रेन्चाइज क्रिकेटले पैसा ल्याउने क्रम सुरु भएको छ । अब टेस्ट क्रिकेटतर्फ हामीले ध्यान दिन जरुरी छ । नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने निश्चित छ । यो हाम्रो सपना मात्र होइन, हाम्रो प्रतिबद्धता पनि हो ।”

पारसले नेपाली क्रिकेट स्पष्ट योजना र दृष्टिकोणसहित विश्वमञ्चमा अगाडि बढेकोले आइसिसीको थप साथ प्रभावकारी हुने बताउनुभयो ।

  himalayanvoice.com | ५ श्रावण २०८२, आईतवार १२:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online