ट्रेण्डिङ्ग:
|क्यालिफोर्नियाका विद्यार्थीको स्कोर घोषणा : नतिजामा उल्लेखनीय सुधार|पोपले शिकागो युनियन नेताहरूसँग भेटे, आप्रवासीहरूलाई स्वागत गर्न आग्रह|सरकारी बन्दका बीच आइसद्वारा अपराधी र अवैध आप्रवासी पक्राउ जारी|मन्त्रिपरिषद् बैठकका ६ निर्णय : इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा|मन्त्रिपरिषद् बैठक : चार जना डिआइजीको एआइजीमा बढुवा|एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित|कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । पहाडी भूभागका केही स्थान तथा तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ । रासस

  himalayanvoice.com | १४ श्रावण २०८२, मंगलवार २२:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online