ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

ट्रम्पको आप्रवासन नीतिका कारण दशौं हजार विदेशी विद्यार्थीहरूको ट्युसन ब्रेक खोसिदै छ "संघीय कानूनले संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा उपस्थित नभएका विदेशीहरूलाई राज्य बाहिरका अमेरिकी नागरिकहरूलाई अस्वीकार गरिएको इन-स्टेट ट्यूशन लाभहरू प्राप्त गर्न निषेध गर्दछ," न्याय विभागले यस महिना ओक्लाहोमामा एक मुद्धामा आफ्नो दलिल प्रस्तुत गर्‍यो। "

जिम भेर्टुनो, अस्टिन, टेक्सास (एपी)। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन सम्बन्धी कडाइको एक अंसको रूपमा दशौं हजार स्थायी बसोबासका लागि कानुनी हैसियत नभएका अमेरिकी कलेजमा अध्यनरत बिदेशी विद्यार्थीहरूले इन-स्टेट ट्यूशन शुल्कहरूमा प्राप्त सुबिधा क्रमस: गुमाउँदैछन्।

न्याय विभागले जुनमा टेक्सासबाट सुरु गर्दै कानूनी बासिन्दा नभएका बिदेशी विद्यार्थीहरूको लागि ट्यूशन ब्रेक समाप्त गर्न राज्यहरूमा मुद्धा हाल्दै आएको छ। यसले केन्टकी, मिनेसोटा र हालै ओक्लाहोमामा पनि मुद्धा दायर गरेको छ। गत वर्ष फ्लोरिडाले त्यहाँ अवैध रूपमा बसोबास गर्ने विद्यार्थीहरूको लागि आफ्नो ट्यूशन ब्रेक समाप्त गरेको थियो ।

“संघीय कानूनले संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा उपस्थित नभएका विदेशीहरूलाई राज्य बाहिरका अमेरिकी नागरिकहरूलाई अस्वीकार गरिएको इन-स्टेट ट्यूशन लाभहरू प्राप्त गर्न निषेध गर्दछ,” न्याय विभागले यस महिना ओक्लाहोमामा एक मुद्धामा आफ्नो दलिल प्रस्तुत गर्‍यो। ”

ट्यूशन ब्रेकहरूले पहिले व्यापक द्विपक्षीय समर्थन पाएका थिए तर हालका वर्षहरूमा रिपब्लिकनहरूबाट यस्तो नीतिको आलोचनामा आएका छ ।

ट्यूशन ब्रेकको बारेमा जान्नुपर्ने कुराहरू:

टेक्सासको कार्यक्रम पहिले अवरुद्ध गरिएको थियो

टेक्सासको ट्युसन नीति सुरुमा व्यवस्थापिकामा व्यापक द्विदलीय बहुमतले पारित भएको थियो र तत्कालीन गभर्नर रिक पेरी, एक रिपब्लिकनले कानूनमा हस्ताक्षर गरेका थिए । जसले राज्यमा पहिले नै बसोबास गरिरहेका कानुनी बसोबास नभएका विद्यार्थीहरूको लागि उच्च शिक्षामा पहुँच पुर्याउने सहज मार्ग प्रस्ट गरेको थियो। त्यतिबेला र अहिले समर्थकहरू भन्छन् कि यसले दक्ष र शिक्षित जनशक्ति निर्माण गरेर राज्यको अर्थतन्त्रलाई बढावा दिएको थियो ।

कानूनले कानुनी बसोबास नभएका विद्यार्थीहरूलाई उच्च विद्यालयबाट स्नातक हुनुभन्दा तीन वर्ष अघि र कलेजमा भर्ना हुनुभन्दा एक वर्ष अघि टेक्सासमा बसेको भए राज्यमा ट्युसनको लागि योग्य हुन अनुमति दिएको थियो । उनीहरूले सकेसम्म चाँडो कानुनी बसोबासको स्थितिको लागि आवेदन सहित शपथपत्रमा हस्ताक्षर गर्नु पर्ने थियो।

टेक्सासमा अब लगभग ७३,००० योग्य विद्यार्थीहरू उच्च शिक्षा र आप्रवासन सम्बन्धी राष्ट्रपतिहरूको नीतिको मारमा परेका छन् । एक अनुमान अनुसार, आप्रवासन नीतिमा केन्द्रित विश्वविद्यालयहरूको  गैर-नाफामुखी समूह योग्य विद्यार्थीहरू पहिचान गर्ने कार्य प्रणालीमा आएको परिवर्तनको कारणले प्रभावित हुने संख्या बढ्ने भएको छ ।

टेक्सासका सार्वजनिक विश्वविद्यालयहरूमा समग्रमा लगभग ६,९०,००० विद्यार्थीहरू छन्।

ट्युसन दरमा ठूलो भिन्नता 

उदाहरणका लागि, मेक्सिकोको सिमानामा रहेको ३४,००० विद्यार्थीहरूले टेक्सास विश्वविद्यालय रियो ग्रान्डे भ्यालीमा एक अमेरिकी नागरिकले विद्यालय वर्षमा न्यूनतम पूर्ण-समय कक्षा तालिकाको लागि आधारभूत ट्युसनमा लगभग अमेरिकी डलर १०,००० शुल्क बुझाउनु पर्ने हुन्छ । तर एक गैर-आवासीय विद्यार्थीले आगामी दिनमा अमेरिकी डलर १९,००० शुल्क बुझाउनु पर्ने हुन्छ ।
राजनीतिक धक्का र द्रुत अन्त्य

टेक्सासको कानून वर्षौंसम्म प्रायः चुनौतीरहित रह्यो, तर अवैध आप्रवासनमाथिको बहस तीव्र हुँदै जाँदा यो आलोचनामा पर्यो।

रिपब्लिकन-प्रभुत्व भएको व्यवस्थापिकामा कानूनले धेरै सुबिधाहरु खारेजीको सामना गर्यो। तर जुन २ मा समाप्त भएको व्यवस्थापिका सत्रको क्रममा, खारेजी विधेयकमा यस पटक पनि मतदान भएन ।

तर ट्रम्प प्रशासनले कानूनलाई असंवैधानिक भन्दै मुद्धा दायर गरेपछि, ट्रम्पका एक प्रमुख सहयोगी राज्यका महान्यायाधिवक्ता केन प्याक्सटनले अदालतमा कानूनको बचाउ नगर्ने छनौट गरे र यसको सट्टा यसलाई लागू नगर्न सहमति जनाउँदै प्रस्ताव दायर गरे।

राष्ट्रपतिको गठबन्धनका अनुमान अनुसार ओक्लाहोमामा लगभग २,७०० विद्यार्थीहरू प्रभावित हुनेछन्, महान्यायाधिवक्ता जेन्टनर ड्रमन्ड, जो रिपब्लिकन पनि हुन्, ले पनि यस्तै प्रस्ताव प्रस्तुत गरे।

“हाम्रो देशमा अवैध रूपमा रहेका विदेशी नागरिकहरूलाई कम शिक्षण शुल्क प्रदान गर्नु गलत मात्र होइन – यो भेदभावपूर्ण र गैरकानूनी छ,” ड्रमन्डले एक विज्ञप्तिमा भने।

देशभरका क्याम्पसहरूमा यसको प्रभाव
कम्तिमा २१ राज्यहरू र मिशिगन विश्वविद्यालय प्रणालीमा आप्रवासी विद्यार्थीहरूलाई ट्युसन ब्रेक दिने कानुन वा नीतिहरू छन् । राष्ट्रिय आप्रवासन कानून केन्द्रका अनुसार, जुन उनीहरूको पक्षमा छ। ती राज्यहरूमा क्यालिफोर्निया र न्यूयोर्क जस्ता डेमोक्र्याटिक-झुकाव भएकाहरू, तर कान्सास र नेब्रास्का जस्ता जिओपि-झुकाव भएकाहरू पनि समावेश छन्।

केन्द्रका अनुसार, कम्तिमा १६ राज्यहरूले आप्रवासी विद्यार्थीहरूलाई कलेज जान छात्रवृत्ति वा अन्य सहायता प्राप्त गर्न अनुमति दिन्छन्।

राष्ट्रव्यापी रूपमा, राष्ट्रपतिहरूको गठबन्धनको अनुमान छ कि कानूनी बासिन्दा स्थिति बिना ५१०,००० भन्दा बढी विद्यार्थीहरू कलेज र विश्वविद्यालयहरूमा भर्ना भएका छन्, जसमध्ये लगभग ८५% स्नातक कार्यक्रमहरूमा छन्।

आप्रवासन वकिलहरू र शिक्षा अधिवक्ताहरूले भने कि उनीहरूले निर्णयहरूलाई चुनौती दिने कानुनी बाटोहरू छन् कि छैनन् भनेर मूल्याङ्कन गरिरहेका छन्।

  himalayanvoice.com | २३ श्रावण २०८२, बिहीबार १३:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online