ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । एमाले–कांग्रेस गठबन्धनको समर्थनमा साउन २० गते मुख्यमन्त्री बन्नुभएका बानियाँले संवैधानिक प्रक्रियाअनुसार निर्धारित समयमा विश्वासको मत लिने निर्णय गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

बानियाँले संसद सचिवालयमा साउन २७ गतेका लागि प्रदेशसभा बैठक बोलाउने जानकारी गराइसक्नुभएको छ । सभामुख भुवनकुमार पाठकलाई पनि विश्वासको मत लिने प्रस्तावबारे जानकारी दिइसकिएको छ ।

सभामुखका अनुसार बैठकको मिति टुङ्गो लागे पनि औपचारिक पत्र प्राप्त हुन बाँकी रहेकाले त्यसपछि समय तोकिनेछ । सत्तारूढ गठबन्धनमा रहेको नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बन्नुभएको छ । हालसम्म उहाँले एक विना विभागीय मन्त्रीसहित कांग्रेसका २ र एमालेका ६ मन्त्रीलाई मन्त्रिपरिषदमा सहभागी गराइसक्नुभएको छ ।

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा गठबन्धनबीचको सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय र एमालेले ६ मन्त्रालय पाउने सहमति भएको छ ।

  himalayanvoice.com | २४ श्रावण २०८२, शुक्रबार ११:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online