ट्रेण्डिङ्ग:
|क्यालिफोर्नियाका विद्यार्थीको स्कोर घोषणा : नतिजामा उल्लेखनीय सुधार|पोपले शिकागो युनियन नेताहरूसँग भेटे, आप्रवासीहरूलाई स्वागत गर्न आग्रह|सरकारी बन्दका बीच आइसद्वारा अपराधी र अवैध आप्रवासी पक्राउ जारी|मन्त्रिपरिषद् बैठकका ६ निर्णय : इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा|मन्त्रिपरिषद् बैठक : चार जना डिआइजीको एआइजीमा बढुवा|एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित|कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने

बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

कुल ११० सदस्यीय बागमती प्रदेशसभामा आज ९२ जना सदस्य उपस्थित हुनुहुन्थ्यो । उपस्थितमध्ये मुख्यमन्त्री बानियाँको विश्वासको मतको पक्षमा ६३ जना, विपक्षमा २२ र तटस्थमा सात जनाले मतदान गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम मुख्यमन्त्री बानियाँले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको उहाँले घोषणा गर्नुभयो ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि उहाँले आज विश्वासको मत लिनुभएको हो ।

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ः०० बजे बस्नेछ ।

  himalayanvoice.com | २८ श्रावण २०८२, मंगलवार १२:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online