ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

‘सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन’

सिन्धुपाल्चोक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ । मेलम्चीमा आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै उहाँले राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको उहाँको भनाई छ ।

सोही क्रममा उहाँले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको उल्लेख गर्दै एक ढिक्का भएर एकताको आधारमा सङ्गठनलाई सुदृढ बनाउन नेता–कार्यकर्तालाई आव्हान गर्नुभयो । महासचिव पोखरेलले ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रमलाई चिर्नुपर्ने बताउँदै “विकसित देशहरूमा समेत ७० वर्ष माथिका नेताले नेतृत्व गरिरहेकाले यसलाई कमजोरीको रूपमा नलिनुपर्ने” बताउनुभयो ।

एमाले सिन्धुपाल्चोकको १० औँ जिल्ला अधिवेशनपछि पहिलो पटक परिषद् बैठक आयोजना गरिएको हो । एमालेको विधान महाधिवेशनको सँघारमा सिन्धुपाल्चोकको प्रतिनिधि परिषद् यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

बैठकमा जिल्लाभरका ७ सय ४५ बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहको एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । एमाले जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, शेरबहादुर तामाङ लगायतका नेताहरूको सहभागिता रहेको छ ।

  himalayanvoice.com | ३ भाद्र २०८२, मंगलवार १०:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online