ट्रेण्डिङ्ग:
|क्यालिफोर्नियाका विद्यार्थीको स्कोर घोषणा : नतिजामा उल्लेखनीय सुधार|पोपले शिकागो युनियन नेताहरूसँग भेटे, आप्रवासीहरूलाई स्वागत गर्न आग्रह|सरकारी बन्दका बीच आइसद्वारा अपराधी र अवैध आप्रवासी पक्राउ जारी|मन्त्रिपरिषद् बैठकका ६ निर्णय : इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा|मन्त्रिपरिषद् बैठक : चार जना डिआइजीको एआइजीमा बढुवा|एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित|कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी प्रतिवेदन पारित समितिको आजको बैठकमा बहुमतले समितिको प्रतिवेदन पारित गरेको सभापति कुसुमदेवी थापाले जानकारी दिनुभयो।

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पारित गरेको छ।

समितिको आजको बैठकमा बहुमतले समितिको प्रतिवेदन पारित गरेको सभापति कुसुमदेवी थापाले जानकारी दिनुभयो। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नागरिक उन्मुक्ति पार्टीका सांसदहर प्रतिवेदन पारित गर्ने पक्षमा उभिएका थिए। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले भने प्रतिवेदन पारित गर्ने समयमा बैठक बहिष्कार गरेका थिए।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सांसदहरूको भनाइअनुसार भूमि व्यवस्था मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संशोधन गरेको बताउनुभएको थियो। संशोधन गरेका विषयलाई हेरेर अघि बढाउन उहाँले सांसदहरूलाई आग्रह गर्नुभएको थियो।

सांसदद्वय बीरबहादुर बलायर, सरस्वती सुब्बालगायतले धेरै छलफल भइसकेकाले सो प्रतिवेदन पारित गरिनुपर्ने बताउनुभएको थियो। सांसदद्वय रुपा सोसी चौधरी र अशोक चौधरीले पहिले भएका केही विषय बिना जानकारी प्रतिवेदबाट हटाइएको, प्रतिवेदनमा फरक मत लेख्न समय दिनुपर्ने माग गर्नुभएको थियो।

  himalayanvoice.com | ५ भाद्र २०८२, बिहीबार ०९:१२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online