ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

प्रधानमन्त्री ओली भारत भन्दा पहिले चीन भ्रमणमा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा जानुभन्दा पहिला चीन जानुहुने भएको छ । भारतको औपचारिक भ्रमणका लागि भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो प्राप्त भए पनि भ्रमणको मिति तय भइनसकेको अवस्थामा प्रधानमन्त्री ओली चीनमा आयोजना हुने एक बैठकमा सहभागी हुन जानुहुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभएको छ ।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार मन्त्रीपरिषद् बैठकको भदौ २ गतेका निर्णय सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले सो जानकारी दिनुभएको हो ।

साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को आयोजनामा चीनमा हुने बैठकमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका तर्फबाट निम्तो रहेको जानकारी दिँदै मन्त्री गुरुङले सम्भवतः भारत भ्रमणभन्दा अघि चीनमा आयोजना हुने सो बैठकमा प्रधानमन्त्री सहभागी हुनुहुने बताउनुभयो । प्रवक्ता गुरुङले भन्नुभयो, “तर त्यो कार्यक्रम मन्त्रीपरिषद्मा पेस भएर को को जाने ? कति जना जाने भन्ने निर्णय गरिनसकेको जानकारी गराउन चाहन्छु ।”

प्रधानमन्त्रीको भारत भ्रमणबारे उहाँले भन्नुभयो, “प्रधानमन्त्री मोदीको निम्तो भारतीय विदेश सचिव आएर दिनुभएको छ । त्यो भ्रमणको कार्यक्रम सम्पूर्ण रूपमा तय भइनसकेका कारण केही निर्णय गरिएको छैन । प्रधानमन्त्रीको भ्रमण सम्भवतः भदौ ३१ गतेदेखि दुई दिनको हुन्छ ।” नेपालको दुईदिने भ्रमणमा आइतबार काठमाडौँ आइपुग्नुभएका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा समकक्षी मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो ।

  himalayanvoice.com | ५ भाद्र २०८२, बिहीबार ०९:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online