ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

महाकाली नदीमा पानीको बहाव बढ्दै, बनबासा पुलमा सवारी साधन आवतजावत बन्द आज बिहान १० बजे नदीमा पानीको बहाव १ लाख २८ हजार ५६० क्युसेक पुगेको थियो भने दिउँसो पानीको बहाव बढ्दै गएर १ लाख ८२ हजार ५५५ क्युसेक पुगिसकेको छ ।

कञ्चनपुर । महाकाली नदीमा अविरल वर्षाका कारण पानीको बहाव लगातार बढ्दै गएको छ । आज बिहान १० बजे नदीमा पानीको बहाव १ लाख २८ हजार ५६० क्युसेक पुगेको थियो भने दिउँसो पानीको बहाव बढ्दै गएर १ लाख ८२ हजार ५५५ क्युसेक पुगिसकेको छ । यस कारण नेपाल भारत सिमानामा रहेको बनबासा पक्की पुलमा चार पाङ्ग्रे र तिन पाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बढ्दो बहावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र प्रहरीले यसबारे सचेतना जारी गरेका छन् । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी नजिक नजान सुरक्षा निकायहरूले अनुरोध गरेका छन् । महाकाली नदीको बहाव अझै बढ्ने सम्भावना रहेकोले सम्बन्धित निकायले सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

  himalayanvoice.com | १६ भाद्र २०८२, सोमबार १०:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online