ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सोलुखुम्बुमा बाढीले पाँच घर बगायो

सोलुखुम्बु। अविरल वर्षाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा गएराती आएको बाढीले पाँच घर पूर्णरूपमा बगाएको छ भने छवटा घरमा आंशिक क्षति भएको छ । 

अघिल्लो वर्ष ठूलो क्षति गरेको थामे खोलाले बग्ने बाटो परिवर्तन गरी बस्तीमा प्रवेश गर्दा पाँच घर बगाएको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले विज्ञप्ती प्रकाशन गरी जानकारी दिनुभयो ।

बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । तत्कालीन उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल वर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्रलगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रभावित परिवारलाई तत्कालीन अवस्थामा सहयोगका लागि आह्वान गरिएको छ ।

  himalayanvoice.com | १६ भाद्र २०८२, सोमबार १६:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online