ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

गोरखा बस दुर्घटना : २६ घाइते, दुई गम्भीर

सुलीकोट । गोरखामा बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्यो २६ पुगेको छ भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको भिभसेन थापा गाउँपालिका – ३ तान्द्राङको टारीफाँटमा काठमाडौँबाट गोरखा सदरमुकाम हुँदै आरुघाटको सोतीतर्फ जाँदै गरेको प्रदेश–०१००६ ख ४१३९ नम्बरको रात्रीकालिन बस घुम्ति सडकमा मङ्गलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीका अनुसार घाइतेहरुलाई तत्काल स्थानीय र इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी टोलीले उपचारका लागि आरुघाट आधारभूत अस्पतालमा लगिएको छ ।

बस दुर्घटनामा घाइते हुनेहरुको विवरण खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक सुबेदीको भनाइ छ । अहिले इलाका प्रहरी कार्यालय आरुघाटको प्रहरी टोली घटनस्थलमा पुगेर घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी उहाँले दिनुभयो ।

  himalayanvoice.com | १६ भाद्र २०८२, सोमबार २३:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online