ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

वेस्ट इन्डिजविरुद्ध नेपाल ९० रनले विजयी १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेननन्  । 

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० सिरिज एक खेल अगाडि नै जितेको छ । यूएईमा जारी सिरिजको पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले दोस्रो खेलमा ९० रनको सानदार जित निकाल्दै एक खेल अगाडि नै सिरिज २–० ले जितेको हो । 

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले सानदार अर्धशतक बनाउनुभयो । आसिफले ४७ बलमा नटआउट ६८ रन बनाउनुभयो भने जोराले ३९ बलमा ६३ रन जोड्नुभयो । शेख र जोराले चौथो विकेटका लागि सय रनको साझेदारी गर्नुभएको थियो ।

नेपालविरुद्ध वेस्ट इन्डिजका कप्तान अकिल होसेन र काइल मेयर्सले दुई विकेट हात पार्दा जेदिया ब्लेड्सले एक विकेट लिनुभयो ।

१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेननन्  ।

बलिङमानेपालका आदिल आलमले चार ओभरमा २४ रन दिएर चार विकेट लिनुभयो । कुशल भुर्तेलले तीन विकेट हात पार्दा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट हात पार्नुभयो । नेपालले कसिलो बलिङ गर्दा वेस्ट इन्डिज १७ ओभर १ बलमा ८३ रन बनाएर अलआउट भएको हो । दोस्रो खेलमा आशिफ शेख प्लेयर अफ द म्याच बन्नुभयो ।

यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो । यो जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाडि २–० ले जितेको छ । सिरिजको फाइनल मंगलबार हुँदैछ ।

  himalayanvoice.com | १३ आश्विन २०८२, सोमबार १९:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online