ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

वेस्ट इन्डिजविरुद्ध नेपाल ९० रनले विजयी १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेननन्  । 

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० सिरिज एक खेल अगाडि नै जितेको छ । यूएईमा जारी सिरिजको पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले दोस्रो खेलमा ९० रनको सानदार जित निकाल्दै एक खेल अगाडि नै सिरिज २–० ले जितेको हो । 

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले सानदार अर्धशतक बनाउनुभयो । आसिफले ४७ बलमा नटआउट ६८ रन बनाउनुभयो भने जोराले ३९ बलमा ६३ रन जोड्नुभयो । शेख र जोराले चौथो विकेटका लागि सय रनको साझेदारी गर्नुभएको थियो ।

नेपालविरुद्ध वेस्ट इन्डिजका कप्तान अकिल होसेन र काइल मेयर्सले दुई विकेट हात पार्दा जेदिया ब्लेड्सले एक विकेट लिनुभयो ।

१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेननन्  ।

बलिङमानेपालका आदिल आलमले चार ओभरमा २४ रन दिएर चार विकेट लिनुभयो । कुशल भुर्तेलले तीन विकेट हात पार्दा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट हात पार्नुभयो । नेपालले कसिलो बलिङ गर्दा वेस्ट इन्डिज १७ ओभर १ बलमा ८३ रन बनाएर अलआउट भएको हो । दोस्रो खेलमा आशिफ शेख प्लेयर अफ द म्याच बन्नुभयो ।

यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो । यो जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाडि २–० ले जितेको छ । सिरिजको फाइनल मंगलबार हुँदैछ ।

  himalayanvoice.com | १३ आश्विन २०८२, सोमबार १९:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online