ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सप्तकोसी नदीमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह अहिले ब्यारेजको ३९ वटा ढोका खोलिएको छ । आइतबार बिहान ५ बजेको मापनअनुसार २ लाख २० हजार २२५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । शनिवारदेखि नै पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च छ ।

सुनसरी । शनिवार विहानदेखि अविरल वर्षा हुँदा सप्तकोसी नदीमा पानीको बहाव उच्च हुँदैगएको छ । आइतबार विहान ७ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७१ हजार ३१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।

अहिले ब्यारेजको ३९ वटा ढोका खोलिएको छ । आइतबार बिहान ५ बजेको मापनअनुसार २ लाख २० हजार २२५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । शनिवारदेखि नै पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च छ ।

कोशीमा पानीको बहाव उच्च हुदै गए पनि यो समाचार तयार पर्दासम्म कोसीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको कोशी तटबन्धनमै काम गर्दै आउनुभएका महोन मण्डलले बताउनुभयो । उहाँका अनुसार पानीको बहाव बढे पनि राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्र्वी तटबन्धमा कटान नभएको बताइएको छ । यद्यपि नदीको वरिपरि वसोबास गर्नेहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

  himalayanvoice.com | १९ आश्विन २०८२, आईतवार ०१:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online