ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

‘अख्तियार प्रमुखसहित आयुक्तहरुले स्वेच्छिक राजीनामा दिनुपर्छ’ अख्तियारका पदाधिकारी तथा सदस्यहरूलाई हटाउन संवैधानिक हिसाबले महाभियोग लगाउनुपर्ने व्यवस्था छ । तर अहिले प्रतिनिधिसभा (संसद्) नभएको अवस्थामा स्वेच्छिक अवकाशको बाटोमात्र भएकाले जेनजी नेतृत्वहरूले अख्तियारका पदाधिकारीमाथि राजीनामा दिनुपर्ने दबाब बढाएका हुन् ।

काठमाडौँ । जेनजी आन्दोलन अलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्तको स्वेच्छिक अवकासको माग राखेको छ । अलाइन्सको तर्फबाट जेनजीका सदस्यहरूले सरकार तथा अख्तियारमा गएर लिखित रूपमा सो माग गरेका हुन् ।

जेनजीको तर्फबाट नेतृत्वहरू सामना लावती, रिजन रानामगर, अनुषा खनाल, आकृति घिमिरे, ओजस्वी भट्टराई, विशेष शाह, हेम चौधरी, अमित खनाल, आभास सापकोटासहितको हस्ताक्षर रहेको लिखित मागपत्रमा भ्रष्टाचारको अन्त्य र मुलुकको दण्डहीनता अन्त्यका लागि भन्दै सो माग गरिएको जेनजी सदस्यहरूको भनाइ छ ।

अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नेतृत्व आवश्यक रहेको माग गर्दै लिखित निवेदन प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीलाई हस्तान्तरण गरिएको जेनजी सदस्यहरूले बताउनुभएको छ ।

अख्तियारका पदाधिकारी तथा सदस्यहरूलाई हटाउन संवैधानिक हिसाबले महाभियोग लगाउनुपर्ने व्यवस्था छ । तर अहिले प्रतिनिधिसभा (संसद्) नभएको अवस्थामा स्वेच्छिक अवकाशको बाटोमात्र भएकाले जेनजी नेतृत्वहरूले अख्तियारका पदाधिकारीमाथि राजीनामा दिनुपर्ने दबाब बढाएका हुन् । भ्रष्टाचार अन्त्यको अभियानमा भूमिका निर्वाह गर्न नसक्ने भए नैतिकताका आधारमा राजीनामा दिन जेनजी अलाइन्सले आग्रह गरेको छ ।

जेनजी अलाइन्सले उठाएको अन्य मागहरूमा आवश्यक पर्दा अख्तियारका पदाधिकारीसहित सदस्यहरूमाथि नै छानबिन गर्नुपर्ने, सार्वजनिक संस्थाहरूको सम्पत्ति शुद्धीकरण अभियान चलाइनुपर्ने, त्यसमा सहयोग गर्न जेनजी युवाहरूको छुट्टै कार्यदल गठनको माग जेनजी अलाइन्सको रहेको छ ।

त्यस्तै, नीतिगत भ्रष्टाचारको सम्बोधनलाई कानुनमा आवश्यक संशोधनको आवश्यक सिफारिस गर्ने, संविधानको संशोधन गर्नुपर्ने बुँदा तर्जुमा गरी सिफारिसको माग समेत जेनजी अलाइन्सको रहेको छ ।

  himalayanvoice.com | २१ आश्विन २०८२, मंगलवार १२:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online