काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पार्टीको महाधिवेशन र निर्वाचन लगायतका विषयमा छलफल भएको नेपाली काँग्रेसले जनाएको छ ।
आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू— महेन्द्र यादव र बद्री पाण्डे, केन्द्रीय सदस्यहरू– बिजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, ज्ञानेन्द्र बहादुर कार्की लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्य सम्पादन समितिको बैठक भोली दिउँसो १ः०० बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया