ट्रेण्डिङ्ग:
|पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान|नेपाली कांग्रेसका सभापति थापाद्वारा मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान|आइसलाई गैरकानूनी करदाता डेटा साझा गरिएको प्रश्नहरूको जवाफ दिन आइआरएस अधिकारी बिसिग्नानोद्वारा अस्वीकार|गोलीकाण्डपछि कांग्रेससमक्ष उपस्थित नोएमद्वारा होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको बचाउ|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|नेपालबाट नौ देशमा रोकियो उडान|प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर बिहान ७ बजेदेखि मतदान सुरु|होलीको निमन्त्रणा, आउनुहोस, सप्तरंगी पर्व मनाउन आइतबार आर्टेसिया पार्कमा|जुलियन क्यास्ट्रोले अमेरिकाको दक्षिणपश्चिमका ल्याटिनो समुदायको परोपकारी कोषमा २५० मिलियन डलर दान गर्दै|मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा लागि सरकारको ध्यानाकर्षण

एनआरएनएको विधान अनुसार निर्धारित मितिमै सम्मेलन र निर्वाचन सम्पन्न गर्न सरकारको निर्देशन “विधानअनुसार भौतिक रूपमा उपस्थित हुन सक्नेका लागि सोही अनुसार व्यवस्था गर्नुपर्छ र काठमाडौं आउन नसक्नेका लागि अनलाइन माध्यमको व्यवस्था अनिवार्य छ।”

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १४ देखि १६ मार्चसम्म राजधानीमा आयोजना हुने विश्व सम्मेलन र निर्वाचन संस्थाको विधान अनुसार निर्धारित तिथि र मितिमा सम्पन्न गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

एनआरएनएको निर्वाचन विधिका विषयमा विवाद सुरु भएपछी बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा परराष्ट्रमन्त्री बालानन्द शर्माले विधान र विधिभन्दा बाहिर गएर कुनै निर्देशन दिन नसक्ने स्पष्ट पार्दै संघको निर्वाचन हाइब्रिड (भौतिक तथा अनलाइन) माध्यमबाट सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

मन्त्री शर्माले भौतिक रूपमा उपस्थित भएर निर्वाचन गरियोस् भन्ने आफ्नो चाहना भए पनि विदेशमा रहेका नेपालीलाई समेत निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने वैधानिक व्यवस्था रहेको बताए । शर्माले भने, “विधानअनुसार भौतिक रूपमा उपस्थित हुन सक्नेका लागि सोही अनुसार व्यवस्था गर्नुपर्छ र काठमाडौं आउन नसक्नेका लागि अनलाइन माध्यमको व्यवस्था अनिवार्य छ।”

कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले मन्त्रालय कानून र नियमको आधारमा मात्र निर्णय लिने स्पष्ट पार्दै विधानअनुसार निर्वाचन गर्ने भन्ने विषयमा पहिले नै सहमति भइसकेको अवस्थामा पटक–पटक छलफल आवश्यक नरहेको बताए ।

उक्त गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा सल्लाहकारहरूको व्यापक सहभागिता रहेको थियो।

आजको संयुक्त बैठकमा संघका पदाधिकारीहरु उप–महासचिव सोम सापकोटा, सह–कोषाध्यक्ष कृष्ण तिमिल्सेना, साथै सल्लाहकार अतुल कोइराला, डीआरसी अमेरिका पूर्ण बनिया, सल्लाहकार भैरव ढकाल र देवेन्द्र बस्नेत सहभागी हुनुहुन्थ्यो।

बैठकमा भर्चुअल माध्यमबाट अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्षहरु डा. हेमराज शर्मा, डा. बिनोद श्रेष्ठ, रामशरण सिम्खडा, विश्वास तिगेला, पूर्व अध्यक्ष राजेन्द्र कुमार (आर.के.) शर्मा तथा बिनोद कुँवर, पूर्व उपाध्यक्ष केशव पौडेल, रतन कुमार झा, गौरी राज जोशी, बाबुराम लामा, भवानी प्रसाद ओली, गंगाधर गौतम तथा इन्द्रा बनको समेत उपस्थिति रहेको थियो।

आजै, परराष्ट्र मन्त्रालयले आगामी १४ देखि १६ मार्चसम्म आयोजना हुने गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तथा महाधिवेशनको तयारीका लागि परराष्ट्रमन्त्री बालानन्द शर्माको संयोजकत्वमा एक उच्चस्तरीय आयोजक समिति समेत गठन गरेको छ ।

  himalayanvoice.com | १६ माघ २०८२, बिहीबार १४:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online