ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

जनसम्पर्क समिति डालस च्याप्टरद्वारा नेपाली अमेरिकन समाजसेवीहरूको सम्मान

डालस । नेपाली जनसम्पर्क समिति अमेरिकाको डालस फोटवर्थ च्याप्टरको नवनिर्वाचित कार्यसमितिले शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा रहेको नेजस डीएफडब्ल्यू च्याप्टरको गत डिसेम्बरमा अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनले उज्वल खत्री सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । खत्रीको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले गत आइतवार डालसमा समाज र संगठनमा उल्लेखनिय योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

आइतबार सम्पन्न कार्यक्रममा सुन्दर कर्माचार्य, अमृत सापकोटा, भगवान मैनाली, ओम भट्टराई तथा ज्ञानेन्द्र कार्कीलाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवा व्यक्तित्वहरू, नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका क्रममा सभापति खत्रीले नेपाली जनसम्पर्क समिति डिएफडब्ल्यू च्याप्टरको समितिको औपचारिक पदभार ग्रहण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खत्रीले नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै जनताको भरोसायोग्य राजनीतिक शक्ति बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले ‘बदलिएको कांग्रेस, बदलिन्छ देश’ भन्ने नारालाई व्यवहारमा उतार्न प्रवासमा रहेका सबै कार्यकर्ता, शुभेच्छुक तथा युवाहरूलाई संगठित भएर लाग्न आह्वान गरेका छन् ।

हालै सम्पन्न विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व परिवर्तन भएपछि नेपाली जनसम्पर्क समिति अमेरिकाले औपचारिक रूपमा गरेको यो नै पहिलो कार्यक्रम हो । सभापति खत्रीले पार्टीभित्र अनुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए । साथै प्रवासमा रहेर पनि मातृभूमिको समृद्धि, लोकतन्त्रको संरक्षण तथा नेपाली कांग्रेसको सुदृढीकरणका लागि निरन्तर योगदान आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन समितिका काषाध्यक्ष राजु कोइरालाले गरेका थिए उपाध्यक्ष मधुर खरेलले स्वागत मन्तव्य व्यक्त राखेका थिए । यसै अवसरमा सचिव आकाश अधिकारीले चालु वर्षका लागि संगठनको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेता ज्ञानेन्द्र कार्कीले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै आगामी निर्वाचनमा अझ बलियो, संगठित र प्रभावकारी रूपमा अघि बढ्न सबैलाई आग्रह गरे ।

११ वर्षपछि गत डिसेम्बरमा सम्पन्न समितिको चौथो अधिवेशन खत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको थियो ।

  himalayanvoice.com | २२ माघ २०८२, बुधबार १४:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online