ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । नेपाली काँग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्ने कर्तव्यप्रति सचेत रहन सरकारलाई आग्रह गरेको हो ।

नेपाली काँग्रेसले निर्वाचनको मिति नजिकिँदै जाँदा देखिएका राजनीतिक दलका झण्डा जलाउने, भौतिक आक्रमण गर्ने जस्ता घटनाको निन्दा गर्दै त्यस्ता गतिविधि निरुत्साहित गर्न सबैलाई आग्रह समेत गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारको अहिले सम्मको भूमिकामा नेपाली काँग्रेसले शङ्का नगरेको तर शान्तिपूर्ण वातावरणमा मत दिन पाउने जनताको नैसर्गिक हक रक्षा गर्ने दायित्वबाट दायाँबायाँ गर्ने छुट सरकारलाई नभएको बताउनुभयो ।

त्यस अवसरमा काँग्रेस प्रवक्ता चालिसेले काँग्रेससँग जोडिने सबैलाई पार्टीमा सम्मानजनक स्थान दिने र लोकतन्त्रको हकदार बनाउने उल्लेख गर्नुहुँदै पार्टी छाडेर गएका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्किन समेत आह्वान गर्नुभयो ।

  himalayanvoice.com | १० फाल्गुन २०८२, आईतवार १५:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online