भर्जिनिया । भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान त्राशदीपूर्ण हत्याको घटनामा ५० वर्षीय छत्रबहादुर थापाले पर्सिमोन ड्राइभ अपार्टमेन्ट भित्र आफ्नी श्रीमती र छोरीलाई मार काट गर्ने दाउ प्रहार गरेर हत्या गरेका छन् ।
सोमबार बिहान ५:१५ बजेतिर घरेलु हिंसाको रिपोर्ट आएपछि प्रहरी घटनास्थल आइपुग्दा, अधिकारीहरूले कल्पनानै गर्न नसकिने डरलाग्दो हत्याको सृंखलाको अनुसन्धान सुरु गरे ।
थापाका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले आफ्नो गाडी बाहिरबाट हिउँ हटाउने क्रममा अपार्टमेन्ट भित्र कोलाहल सुनेपछि ९११ मा प्रहरीलाई फोन गरेका थिए । हतारमा घटनास्थल पस्दा बस्नेतले आफ्नी ३१ वर्षीया श्रीमती ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रगतले लतपतिएको अवस्थामा देखे ।
त्यसपछि थापाले ज्वाई बस्नेतमाथि हतियार प्रहार गरे, जसमा उनलाई गम्भीर चोट लाग्यो। तत्कालै घटनास्थल आइपुगेको प्रहरीले थापालाई सक्रिय रूपमा बस्नेतमाथि आक्रमण गरिरहेको भेटे र उनलाई बारम्बार हतियार छोड्न आदेश दिए। उनले अस्वीकार गर्दा, एक प्रहरीले गोली चलाउँदा थापाको घटनास्थलमै मृत्यु भयो।
घटनामा घरमा रहेको एक वर्षको शिशुलाई कुनै हानि पुगेको छैन। अनुसन्धानकर्ताहरूले परिवारसँग सम्बन्धित कुनै पूर्व आपराधिक इतिहास वा प्रहरी रिपोर्ट फेला पारेका छैनन्। आफन्तहरूसँग सम्पर्क गर्दै प्रहरीले यो दुखद हिंसाको कारण अनुसन्धान गरिरहेको छ ।
स्मरण रहोस भर्जिनियामा यस अघि पनि नेपाली समुदायमा यस्तै प्रकृतिको त्राशदीपूर्ण हत्याका घटना घटेको थियो ।
प्रतिक्रिया