ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छालाई

काठमाडौँ । मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले पहिरिन सफल हुनुभएको छ । सोमबार अपरान्ह राजधानीको ज्यापु एकेडेमीमा आयोजित कार्यक्रममा शुभेच्छाले सो ताज पहिरिन सफल हुनुभएको हो ।

ताजसँगै उहाँले फेसन कलेजमा छात्रवृत्तिलगायत अन्य उपहार प्राप्त गर्नुभएको छ । हिमालयन मुमिजद्वारा आयोजित सो कार्यक्रममा फस्ट रनरअपमा सुष्मा कार्की र सेकेण्ड रनरअपमा देवकी कार्की खड्का हुन सफल हुनुभएको छ । विवाहित महिलाहरुको राष्ट्रियस्तरको सो सौन्दर्य प्रतियोगिता श्रृंखलाको छैटौं संस्करण भएको आयोजकले जनाएको छ ।

करिव डेढ दर्जन प्रतियोगीहरुले तीन सातासम्म चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, प्रस्तुतीकरण, फोटोसुटलगायतका विषयमा तालिम लिनुभएको थियो । एकै रङको पोशाकमा ओपनिङ नृत्यमार्फत कार्यक्रम सुरु गरेका प्रतियोगीहरुले परिचयात्मक चरण, पोशाक प्रदर्शनी, टप १०, टप ५ हुँदै क्राउनिङसम्म पुग्नुभएको थियो ।

कार्यक्रममा विविध सवटाइटल अवार्डहरुसमेत वितरण गरिएको थियो । जसमा वेस्ट ट्यालेन्ट शुभेच्छा मेयाङ्बो, वेस्ट पर्सनालिटी सानी शेर्पा, मोस्ट कन्फिडेन्ट मनु लिम्बु, वेस्ट फोटोजेनिक सुष्मा कार्की, मोस्ट याक्टिभ सम्झना सुनुवार, मोस्ट डिसेन्ट पम्फा नेपाली, मोस्ट डेडीकेटेड निरु लामा, मोस्ट डाइनामिक अमिता अधिकारी, मोस्ट स्मार्ट सुनैना अर्याल, मोस्ट ग्रेसफुल कुमारी खड्का गुरुङ, मोस्ट डिलिजेन्ट देवकी कार्की खड्का, मोस्ट चार्मिङ पुनम थापा पौड्याल, मोस्ट पपुलर सुनैना अर्याल, वेस्ट मल्टिमिडिया सानी शेर्पा, पब्लिक च्वाइस भिडियो सुष्मा कार्की र वेस्ट ड्रेस मनु लिम्बुले जित्न सफल हुनुभएको थियो ।

  himalayanvoice.com | १२ फाल्गुन २०८२, मंगलवार १३:१२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online