ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

गोपाल र मनिताको जोडीले बेवारिसे सुनिल गिरीलाई दिए नयाँ जीवन

लस-एन्जलस । सान फ्रान्सिस्कोको सडकमा होमलेस बनेका नेपाली युवक सुनिल गिरीका लागि गोपाल योगी र मनिता योगी ‘देव तुल्य’ बनेका छन्। केही समयदेखि सान फ्रान्सिस्कोको सडकमा क’ष्टकर जीवन बिताइरहेका र परिवारसँग सम्पर्क विहीन रहेका सुनिलको योगी दम्पतीले सुरक्षित उ’द्धार गरेका हुन् ।

सुनिलको अवस्थाबारे जानकार गोपाल योगी र मनिता योगी उनलाई उद्धार गर्न सान डियागोबाट सान फ्रान्सिस्को पुगेका थिए। तीन दिनसम्म सान फ्रान्सिस्कोको गल्लीमा निरन्तर खोजतलास गरेपछि उनीहरूले सुनिललाई भेट्टाउन सफल भए।

उद्धार गरिएका सुनिललाई उनीहरूले अहिले आफैँसँग सान डियागो लेरायेका छन्, जहाँ उनको स्वास्थ्य उपचार र रेखदेख गरिनेछ। गोपाल योगी र मनिता योगीले देखाएको यो निस्वार्थ सेवा भावको सवैले प्रसंसा गरिरहेका छन् ।

सान डियागो निवासी गोपाल योगी र मनिता योगीले मानव हितमा यस अघि पनि निरन्तर सेवाका कार्यहरु गर्दै आएको छन् । www.himalayanvoice.com, Community News Network, Integration Through Media! का निर्देशक नबिन पोखरेलका अनुसार गोपाल योगी र मनिता योगीलाई आगामी मे १७ तारिख हिमालयन भ्वाइस एक्सिलेन्स एवार्ड द्वारा सम्मान गरिने छ ।

  himalayanvoice.com | १४ बैशाख २०८३, सोमबार १९:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online