ट्रेण्डिङ्ग:
|बार्सिलोनामा गित, संगीत, नृत्य र सांस्कृतिक प्रदर्शनी सहित नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न|हैटी र सिरियाका आप्रवासीहरूको सुरक्षा अन्त्य गर्न ट्रम्प प्रशासनले दिएको दबाब बारे सर्वोच्च अदालतले विचार गर्दै|लुटपाटको डरले पसलहरू बन्द हुँदा अवैध आप्रवासनको विरोधमा जोहानेसबर्गमा प्रदर्शन|मिथिला चित्रकला ‘हाम्रो साहस, हाम्रो कला’|अलौकिक चमत्कार|‘लाली बजार’ को प्रदर्शन रोक्ने आदेशविरुद्ध चलचित्रकर्मी सडकमा|१५ औँ महाधिवेशनका लागि कांग्रेसको सक्रियता : सदस्यता नवीकरण र वर्गीकरण हुँदै|अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह|आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पराजित |निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु

निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु

काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ । अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट परियोजनाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याइएको हो ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अर्धमासिक तलब वितरण प्रणालीको शुभारम्भ गर्नुभयो ।

महालेखा नियन्त्रक कार्यालयमार्फत कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम ९सिगास० प्रयोग गरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर यो प्रणाली सुरु गरिएको हो । योसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको तलब प्राप्त गरेका छन् ।

अर्थमन्त्री डा वाग्लेले यस्तो व्यवस्थाले बजारमा तरलता बढाउँदै उपभोग र मागलाई सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार हाल सङ्घीय निजामती कर्मचारीमा सीमित यो व्यवस्था क्रमशः सबै सरकारी वेतनधारीमा विस्तार गरिनेछ । उहाँले निर्णयपछि छोटो अवधिमै प्राविधिक तयारी पूरा गरेको भन्दै महालेखा नियन्त्रक कार्यालयलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले प्रणाली विस्तारका लागि कार्यालय पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै प्रदेश तथा अन्य सरकारी सेवामा पनि क्रमिक रूपमा लागू गरिने बताउनुभयो ।

उहाँका अनुसार हालको प्रणालीमार्फत आवश्यकताअनुसार १५ दिन वा मासिक रूपमा तलब भुक्तानी गर्न सकिन्छ । अर्धमासिक तलब वितरणले बजारमा नियमित माग सिर्जना हुने, साना व्यवसायीको नगद प्रवाह सुधार हुने तथा सेवा क्षेत्र र डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यही वैशाख ४ गते अर्थमन्त्री डा वाग्लेले १५ दिनमै तलब भुक्तानी गर्ने व्यवस्था पाइलट परियोजनाका रूपमा अघि बढाउने निर्णय गर्नुभएको थियो ।

  himalayanvoice.com | १६ बैशाख २०८३, बुधबार १४:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online