ट्रेण्डिङ्ग:

१९ स्रष्टालाई प्रज्ञा पुरस्कार समर्पण

काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ समर्पण गरेको छ। 

कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार आयोजित विशेष समारोहमा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो।

सो अवसरमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले पुरस्कृत स्रष्टाहरूलाई पुष्पमाला लगाएर सम्मान गर्नुभएको थियो।

कुलपति राईले जनही एक लाख रुपियाँ राशि रहेको ‘प्रज्ञा पुरस्कार’ १२ जनालाई र जनही ५० हजार रुपियाँ राशि रहेको ‘प्रज्ञा प्रादेशिक पुरस्कार’ सात जनालाई समर्पण गर्नुभयो।

प्रज्ञा पुरस्कार–२०८२ बाट समालोचनातर्फ प्रा.डा. अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्य साहित्यतर्फ आहुति, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय र सामाजिक शास्त्रतर्फ डा. डम्बर चेम्जोङ पुरस्कृत हुनुभएको छ।

त्यसैगरी, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ र अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत) लाई सो पुरस्कार प्रदान गरियो। मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई) तर्फ अमरेन्द्रकुमार यादवले प्रज्ञा पुरस्कार प्राप्त गर्नुभएको छ।

प्रतिष्ठानले यसै वर्षदेखि पहिलोपटक स्थापना गरेको ‘प्रज्ञा प्रादेशिक पुरस्कार–२०८२’ सातै प्रदेशका स्रष्टाहरूलाई प्रदान गरेको छ। जसअनुसार कोसी प्रदेशबाट मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्बाङ), मधेश प्रदेशबाट मुना चौधरी, बागमती प्रदेशबाट शान्तिप्रिय बन्दना, गण्डकी प्रदेशबाट अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट क्षितिज मगर, कर्णाली प्रदेशबाट रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशबाट कर्ण दयाल ‘सोडारी’ सम्मानित हुनुभएको छ।

  himalayanvoice.com | १७ बैशाख २०८३, बिहीबार १२:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online