ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

विश्वकप लिग २ : ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको जित हासिल गरेको हो ।

जितका लागि २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै ‘अलआउट’ भयो । ओमानका कप्तान जतिन्दर लागि १२ रन बनाएर सुरुआत गरेका थिए । त्यस्तै, हस्नैन उल वहाबले २९ रन जोडे । मध्य क्रममा हम्माद मिर्जाले ३४ रन बनाउँदै सङ्घर्ष गरे भने विनायक शुक्लाले ३६ रन जोड्दै टोलीलाई सम्हाल्ने प्रयास गरे । तर अन्य ब्याट्सम्यानहरू निरन्तर आउट हुँदा ठूलो साझेदारी बन्न सकेन ।

आर्यन बिष्टले ६ रन, जितेन रमणान्दीले ३ रन तथा वसीम अलीले १० रन मात्र बनाउन सके । अन्त्यतिर हस्नैन शाहले १४ रन र नदीम खानले १२ रन बनाए ।

नेपालका लागि गुल्सन झाले पाँच विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो ।

इनिङ्सको सुरुआतमै विनोद भण्डारी शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो । तर त्यसपछि आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले ।

आसिफ शेख उत्कृष्ट ब्याटिङ गर्दै ९४ रन बनाए । उनले सात चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै अर्जुन कुमालले ४८ रनको योगदान दिए भने मध्य क्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।

अन्तिमतिर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर पुर्‍यायो । ओमानका लागि नदीम खानले तीन विकेट लिए भने शकिल अहमद र हस्नैन शाहले समान दुई–दुई विकेट लिए ।

  himalayanvoice.com | २२ बैशाख २०८३, मंगलवार १४:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online