ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनले छिटो देश निकालालाई अगाडि बढाएपछि न्याय विभाग आप्रवासन न्यायाधीशहरूको ढिलाई तर्फ लक्षित|प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै|लुम्लेको नयाँ गन्तव्य : कविता पार्क|अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने|धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर|सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान|लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना|आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान|अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न इजरायलस्थित नेपाली राजदूतावासको अनुरोध|पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर: १ सय ७६ नेपाली लाभान्वित

गुरुङ गाउँमा घाटुनाचको उत्सव

लमजुङ । गुरुङ संस्कृतिमा आधारित घाटुनाचले गाउँघरको रौनक बढाएको छ । घाटुले संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटक पनि आकर्षित गरेको छ । गुरुङ गाउँमा वैशाख पूर्णिमामा सुरु भएको घाटुनाच पञ्चमीमा विसर्जन गरिन्छ । मस्र्याङ्दी–३, ढङ्गैका पूर्ण गुरुङले घाटुनाचले गाउँमा रौनक थपेको बताउनुभयो । उहाँका अनुसार घाटु हेर्न मस्र्याङ्दी गाउँपालिकाको सन्जापु, मिप्रा, घनपोखरा, सिलढुङ्गादेखि पाहुना आएका छन् ।

रक गार्डेन खानीगाउँ पर्यटन समितिका अध्यक्ष कामसार्की गुरुङले गुरुङ गाउँमा घाटुनाचको उत्सव चलेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ गाउँमा घाटु चलेको छ । घाटुले पाहुना जमघट हुँदा रमाइलो भएको छ । घाटु हेर्न पाहुना आउने जाने चलिरहेको छ ।” लमजुङका ढङ्गै, घनपोखरा, सिउरुङ, छापा, मिप्रा, पसगाउँ, सिङ्दी, गिलुङ, हिलेटक्सार, ताघ्रिङ, श्रीमन्ज्याङ, घलेगाउँ, करापु, भुजुङ, गिलुङ, ताघ्रिङ, घेर्मु, हिलेटक्सार, फलेनी, ढोडेनी, पाचोक, प्यारजुङ गौँडा, इलमपोखरी, दुधपोखरीलगायत गुरुङ गाउँमा घाटुनाच नाचिएको छ । गाउँ गाउँमा स्थानीय आमा समूह तथा युवा क्लबले घाटुनाचको व्यवस्थापन गरेका छन् ।

गुरुङ भाषा र संस्कृतिका अध्येताका अनुसार घाटुनाच १५ औँ शताब्दीतिर प्रारम्भ भएको मानिन्छ । घाटुनाचमा विशेष गरी रजस्वला नभएका दुई जना कन्यालाई मध्ययुगीन राजा परशुराम र रानी यम्फावतीको प्रतीकका रूपमा नाच्न लगाइन्छ । त्यसपछि उनीहरू जति उमेरका भए पनि इच्छा अनुसार नाच्न सक्छन् । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृङ्गार, बिहेबारी, सिकार, माछा मार्ने, खेतीपाती तथा युद्धका बारे व्याख्या र अभिनय गरिन्छ । घाटु विशेष गरी सती र बाह्रमासे हुन्छ । यसमा कुसुन्डा नृत्यको विशेष प्रस्तुति रहन्छ ।

घाटुको गीतिकथा प्रेमबाट सुरु हुने र मृत्यु वियोगमा टुङ्गिने भुजुङका घाटुगुरु बुद्धिरास गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “लडाइँमा राजा मारिएपछि रानीले सासूलाई घरव्यवहार, ससुरालाई धनसम्पत्ति र नाबालक छोरा बालकृष्णलाई राजाको सिंहासनमा राखेर सती जाने तयारी गर्छिन् । राजा मरेको र रानी सती जान लागेको थाहा पाएपछि घरका कुकुर, बिरालो, हात्ती, परेवालगायत घरपालुवा जनावर रुन थाल्छन् ।” सती जाँदा यम्फावती अर्थात् घाटुसरी रुँदाको क्षणले सबैलाई एक पटक मर्माहत बनाउने उहाँले बताउनुभयो ।

घाटुनाच तीनदेखि पाँच दिनसम्म नाचिन्छ । जहाँ गीत बोलाउने, देउता हेर्ने, मायापिरती, खेतीपाती, फूलको जात गन्ने, जाल खेल्ने, ढडिया खेल्ने, नुहाउने, सिकार खेल्ने, विवाह गर्ने, लडाइँ गर्ने र सती जानेलगायत १२ वटा डाँडा गन्दै गीत गाइने घाटुगुरु बुद्धिरासले बताउनुभयो । उहाँका अनुसार यसमा हिउँचुली, बरचुली, देउचुली र गङ्गाचुली गरी पूर्वपश्चिम र उत्तरदक्षिणमा रहेका प्राकृतिक देवीदेउतालाई बोलाइन्छ ।

  himalayanvoice.com | २२ बैशाख २०८३, मंगलवार १५:१२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online