ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनले छिटो देश निकालालाई अगाडि बढाएपछि न्याय विभाग आप्रवासन न्यायाधीशहरूको ढिलाई तर्फ लक्षित|प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै|लुम्लेको नयाँ गन्तव्य : कविता पार्क|अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने|धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर|सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान|लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना|आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान|अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न इजरायलस्थित नेपाली राजदूतावासको अनुरोध|पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर: १ सय ७६ नेपाली लाभान्वित

चिकित्सकको लाइसेन्स खारेज गरेकोमा एनआरएनएको आपत्ति

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशमा रहेका ३६ जना नेपाली चिकित्सहरुको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका प्रवक्ता सोमनाथ सापकोटाले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गरेर विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णयले सम्बन्धित चिकित्सकहरूको पेसागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा समेत नकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन् ।

उनले संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा चिकित्सकहरूको पेसागत पहिचानमाथि प्रश्न उठाउने वा खोस्ने कार्य न्यायोचित नभएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

यसैगरी चिकित्सा पेसा मानव सेवासँग प्रत्यक्ष सम्बन्धित संवेदनशील क्षेत्र भएकाले यस्ता निर्णयहरू गर्दा परामर्श, स्पष्ट आधार तथा प्रक्रियागत पारदर्शिता अनिवार्य रूपमा पालना गर्न पनि आग्रह गरे ।

उनले भने ‘सरकारले सीप हस्तान्तरणको नीति अघि सारेको अवस्थामा उच्च दक्षता भएका चिकित्सकहरूलाई नै निरुत्साहित गर्नु गलत अभ्यास हो ।’ ‘एक पटकको नेपाली, सधैँको नेपाली’ मूलमन्त्रलाई व्यवहारमा लागू गर्दै डायस्पोराको योगदानलाई सम्मान गर्ने र उनीहरूको सीप तथा दक्षताको उपयोग सुनिश्चित गर्ने समावेशी नीति निर्माण गर्न हामी सरकारको ध्यानाकर्षण गराउँदछौ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

एकतर्फी भन्दा पनि सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक संवादमार्फत न्यायोचित, पारदर्शी र व्यवहारिक समाधान खोज्न र लाइसेन्स खारेज गरेका चिकित्सकहरूको बारेमा पुनर्विचार गर्न पनि एनआरएनएले आग्रह गरेको छ।

मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेको भन्दै वैशाख ११ गते १७ जना र वैशाख १८ गते १९ जना गरी ३६ जना चिकित्सकको लाइसेन्स खारेज गरेको सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरेको थियो।

  himalayanvoice.com | २२ बैशाख २०८३, मंगलवार १५:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online