ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनले छिटो देश निकालालाई अगाडि बढाएपछि न्याय विभाग आप्रवासन न्यायाधीशहरूको ढिलाई तर्फ लक्षित|प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै|लुम्लेको नयाँ गन्तव्य : कविता पार्क|अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शन हुने|धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर|सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान|लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना|आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान|अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न इजरायलस्थित नेपाली राजदूतावासको अनुरोध|पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर: १ सय ७६ नेपाली लाभान्वित

उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वको मतगणना जारी

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । महासङ्घको ६०औं वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको थियो । नयाँ कार्यसमितिको निर्वाचनबाट जिल्ला नगर खुलातर्फको नतिजा सार्वजनिक भएको छ ।

जिल्ला नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी, शिवप्रसाद मानन्धर निर्वाचित हुनुभएको छ । यस्तै, सन्तोष खड्का, सुदर्शन कार्की, हरिप्रसाद अर्याल विजयी हुनुभएको छ । यस्तै, महासङ्घको द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल विजयी हुनुभएको छ । अन्य पदको भने मतगणना जारी छ ।

महासङ्घको निर्वाचनमा ७३ पदका लागि निर्वाचन हुँदैछ । जसमा एक सय ३७ उम्मेदवार छन् । महासङ्घ विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नुहुनेछ । बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।

  himalayanvoice.com | २२ बैशाख २०८३, मंगलवार २३:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online