ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

आध्यात्मिक महोत्सव आयोजना गर्ने निर्णय सहित बेलायतमा धार्मिक भेला सपन्न भेलाले सन् २०२७ मा लन्डनमा पहिलो पटक आध्यात्मिक महोत्सव आयोजना गर्ने घोषणा गरेको छ

लन्डन । पश्चिम लन्डनमा आइतबार आयोजित एक धार्मिक तथा सांस्कृतिक भेलाले त्यहाँ नेपाल कल्चरल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।

भेलाले आगामी सन् २०२७ मा लन्डनमा पहिलो पटक भव्य आध्यात्मिक महोत्सव आयोजना गर्ने घोषणा समेत गरेको छ ।

कार्यक्रममा धर्म दर्शन सांस्कृतिक केन्द्रका संस्थापक पण्डित कुबेर सुवेदीले सनातन धर्म र संस्कृतिको संरक्षणका लागि बहुउद्देश्यीय सांस्कृतिक तथा आध्यात्मिक केन्द्र आवश्यक रहेको बताए ।

प्रमुख अतिथि एवं बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले यो केन्द्र सम्पूर्ण समुदायको साझा सपना भएको उल्लेख गर्दै यसलाई नेपाली समुदाय अनुकुल बहुउद्देश्यीय बनाउन सुझाव दिए ।

त्यस्तै पण्डित नीलहरि घिमिरे र गुरु चिरञ्जीवी ढकालले समाज एकजुट भए मन्दिर निर्माणको सपना साकार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका सभापति सहदेव गिरीले पशुपतिनाथ मन्दिर स्थापनाको अनुभव साझा गर्दै प्रस्तावित केन्द्रमा विभिन्न आध्यात्मिक गतिविधि, पुस्तकालय र क्यान्टिनको व्यवस्था गर्ने परिकल्पना रहेको जानकारी दिए ।

भेलाले नेपाली कल्चर सेन्टर यूकेको नयाँ संयोजकको जिम्मेवारी चिरन शर्मालाई सुम्पिएको छ ।

  himalayanvoice.com | १८ जेष्ठ २०८३, सोमबार १०:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online