ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा पनि ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। पोर्चुगलस्थित नेपाली दूतावासको आयोजनामा राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको हो।

सो अवसरमा बोल्दै पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेलले सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको उपलब्धिको चर्चा गर्दै उक्त उपलब्धिलाई मानवजातिले प्रदर्शन गरेको साहस, सहनशीलता र दृढताको प्रतीकका रूपमा उल्लेख गरे।

उनले हिमालय क्षेत्रको पर्यावरण संरक्षण गर्दै भावी पुस्ताका लागि यसको महत्व जोगाइराख्नुपर्नेमा जोड दिए।

पोर्चुगिज पर्वतारोही ज्वाओ गार्सियाले सगरमाथासहितका हिमाल आरोहणको अनुभव सुनाउँदै नेपालीहरूको आतिथ्य सत्कारको प्रशंसा गरे। अतिरिक्त अक्सिजनको प्रयोग नगरी विश्वका १४ वटा सर्वोच्च हिमालको सफल आरोहण गरिसकेका छन्।

सगरमाथा आरोही गार्सियालाई राजदूत पौडेलले ढाका टोपी, खादा र मायाको चिनोले सम्मान गरेका थिए।

सो अवसरमा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपालको पर्वतारोहणको इतिहास तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासम्बन्धी भिडियो समेत प्रदर्शन गरिएको थियो। साथै, पोर्चुगलमा रहेका नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा पोर्चुगलको परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी निकायका अधिकारीहरू, विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू, पर्यटन तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरू तथा नेपाली समुदायको सहभागिता रहेको दूतावासले जनाएको छ।

  himalayanvoice.com | २० जेष्ठ २०८३, बुधबार ११:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online