ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

प्रवाशी मंचको सहयोगार्थ हेमराज पुगे आयरल्याण्ड

आयरल्याण्ड । युरोपभरी जनजाती, गुरुङ, मगर, लिम्बु, राई र तामांग समुदायले पूर्ण रुपमा बहिस्कार गरे पनि नेकपा एमाले समर्थित गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्ड कार्यसमिति चयन गर्न मंगलवार अनलाइन मतदान मार्फत निर्वाचन प्रक्रिया सुरु गरिएको छ ।

बेलायतमा एक जना जनजातिको समेत समर्थन पाउन नसकेपछि रन्थनिएका प्रवाशी मंच समर्थित एनआरएनए उपाध्यक्ष डा. हेमराज शर्मा पेलेरै जाने रणनीति अन्तर्गत आफ्नो पक्षको कार्यसमिति चयन गर्न केन्द्रीय प्रतिनिधिका रूपमा आयरल्याण्ड पुगेका छन्। उनीसँगै कमरेड भीमकमल केसी पनि निर्वाचनको सुपरिवेक्षण गर्ने भन्दै संघको विभाजन गर्ने अभियानमा नर्दर्न आयरल्याण्ड पुगेका छन्।

प्रवाशी मंचका नेता शुक्रराज नेउपानेका अनुसार कमरेड ओम अधिकारी र कमरेड चेतराज ओलीबीच प्रतिस्पर्धा हुँदैछ। उनका अनुसार अनलाइन मतदानको परिणाम आजै राति १० बजेभित्र सार्वजनिक गर्ने पुर्व तयारी छ।

नेकपा एमाले समर्थित एनआरएनए अन्तर्गत विश्वका करिब ६० भन्दा बढी देशका राष्ट्रिय समितिमा प्रवाशी मंचको सहयोगार्थ आगामी जुलाई महिनाभित्र अधिवेशन सम्पन्न गरिदैछ ।

  himalayanvoice.com | ३१ असार २०८२, मंगलवार १२:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online