ट्रेण्डिङ्ग:
|नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात|हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना|संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियाको संघीय एजेन्टहरूले परिचयपत्र लगाउनुपर्ने कानूनलाई रोक लगायो|सैन्य पारिवारिक उदारता घट्दै जाँदा टेक्सासमा एक आर्मी सार्जेन्टकी श्रीमती आइस हिरासतमा|गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति|प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा|गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा|ओमानसँग नेपाल पराजित

प्रवाशी मंचको सहयोगार्थ हेमराज पुगे आयरल्याण्ड

आयरल्याण्ड । युरोपभरी जनजाती, गुरुङ, मगर, लिम्बु, राई र तामांग समुदायले पूर्ण रुपमा बहिस्कार गरे पनि नेकपा एमाले समर्थित गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्ड कार्यसमिति चयन गर्न मंगलवार अनलाइन मतदान मार्फत निर्वाचन प्रक्रिया सुरु गरिएको छ ।

बेलायतमा एक जना जनजातिको समेत समर्थन पाउन नसकेपछि रन्थनिएका प्रवाशी मंच समर्थित एनआरएनए उपाध्यक्ष डा. हेमराज शर्मा पेलेरै जाने रणनीति अन्तर्गत आफ्नो पक्षको कार्यसमिति चयन गर्न केन्द्रीय प्रतिनिधिका रूपमा आयरल्याण्ड पुगेका छन्। उनीसँगै कमरेड भीमकमल केसी पनि निर्वाचनको सुपरिवेक्षण गर्ने भन्दै संघको विभाजन गर्ने अभियानमा नर्दर्न आयरल्याण्ड पुगेका छन्।

प्रवाशी मंचका नेता शुक्रराज नेउपानेका अनुसार कमरेड ओम अधिकारी र कमरेड चेतराज ओलीबीच प्रतिस्पर्धा हुँदैछ। उनका अनुसार अनलाइन मतदानको परिणाम आजै राति १० बजेभित्र सार्वजनिक गर्ने पुर्व तयारी छ।

नेकपा एमाले समर्थित एनआरएनए अन्तर्गत विश्वका करिब ६० भन्दा बढी देशका राष्ट्रिय समितिमा प्रवाशी मंचको सहयोगार्थ आगामी जुलाई महिनाभित्र अधिवेशन सम्पन्न गरिदैछ ।

  himalayanvoice.com | ३१ असार २०८२, मंगलवार १२:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online