ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

बेलायतको मुलधारमा सामाजिकीकरण र मातृभूमिसंग जोड्ने थलो एनआरएनए बन्नु पर्छ: बिनु लामिछाने

लन्डन । गैर आवाशीय नेपाली अभियान विभाजित बनिरहेको बेला दोस्रो पुस्ताको प्रतिनिधिका रुपमा एनआरएनए यूकेको महिला संयोजकमा निर्विरोध निर्वाचित बिनु लामिछानेले डाएसपोराको नेपालीको साझा र एकत्रित अभियानमा आफ्नो आवाज मुखरित हुने बताएकी छिन् ।

बेलायतमा रहेको गोर्खा समुदाय र जनजाती समुदायलाई उपेक्षा गरेर गैर आवाशीय नेपाली अभियान सफल नहुने बताउदै नेपालको प्रमुख राजनीतिक दलको स्वार्थमा डाएसपोरा विभाजित हुन नहुने उनको भनाई रहेको छ।

सिंगो समुदाय राजनीतिक कारण अभियानसंग असन्तुष्ट रहेको बेला आफु संघको नेतृत्वमा सर्वसम्मत चुनिएको तर चुनौतीपूर्ण रहेको बताउदै उनले भनेकी छिन्, ‘नेपालमा अहिले सत्ता चलाउने राजनीतिक दलका निकटहरुनै गैर आवाशीय नेपाली अभियानमा नेतृत्वको होडबाजी गरिरहेका छन् तर जन्मसिद्ध नेपाली नागरिकता खोसिएको छ ।

‘नेपालको संबिधानले दिएको गैर आवाशीय नेपाली नागरिकता समेत निकम्मा सावित भएको छ । यी र यस्ता डाएसपोराको साझा मुद्धामा संघको आवाज मुखरित हुनु पर्छ । मेरो कार्यकाल यिनै मुद्धामा केन्द्रित हुनेछ ।’

उनले जोड दिएर भनिन्, ‘बेलायतमा दोस्रो पुस्ताको नेपाल हुर्की सकेको छ । उनीहरुलाई बेलायतको मुलधारमा सामाजिकीकरण र मातृभूमि संग जोड्ने थलो एनआरएनए बन्नु पर्छ ।’

मिसेस युनिभर्स डिभाइन २०१९ को उपाधिबाट सम्मानित भैसकेकी बिनु नेपलिज नर्सिङ एसोसिएसन यूके मार्फत पनि बेलायतको नेपाली समुदाय संग जोडिएकी थिइन् ।

व्यवसायी बिनु मिसेस युनिभर्स प्रतियोगिता जस्तो विश्वव्यापी मञ्चमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै मिसेस युनिभर्स डिभाइन २०१९ को उपाधिबाट समेत सम्मानित भएकी थिइन् ।

  himalayanvoice.com | ३ श्रावण २०८२, शुक्रबार १९:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online