ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

समाजसेवी शारदा श्रेष्ठको नेतृत्वमा उत्तर-दक्षिण क्यालिफोर्नियाका रक्त संचार सेवा समिति गठन

लस-एन्जलस । अमेरिकमा बसेर मानव सेवामा निरन्तर समर्पित शारदा श्रेष्ठको संयोजनमा क्यालिफोर्निया राज्यको लस-एन्जलस र सान फ्रान्सिस्कोमा बसोस्बस गर्ने रक्तदाताहरुलाई संगठित रुपले अभिप्रेरित गर्न ब्लड डोनर अफ अमेरिका स्थानिय च्याप्टर गठन गरिएको छ ।

दक्षिण क्यालिफोर्निया र उत्तर क्यालिफोर्नियाका नेपाली समुदायको हितमा केन्द्रित रहेर ब्लड डोनर अफ अमेरिका स्थानिय च्याप्टर गठन गरिएको समाजसेवी शारदा श्रेष्ठले जानकारी दिनु भएको छ ।

श्रेष्ठकाअनुसार दक्षिण क्यालिफोर्निया शम्भु सिवाकोटी ‘पीएमपी’को नेतृत्वमा ७ सदस्य कार्यसमिति गठन गरिएको छ ।

उत्तर क्यालिफोर्नियाकाका लागि राजन  कडेल अध्यक्ष रहेको ७ सदस्य कार्यसमिति चयन गरिएको छ ।

नवगठित कार्य समितिलाई ब्लड डोनर अफ अमेरिकाका उपाध्यक्ष शारदा श्रेष्ठले मानव सेवामा केद्रित रहेर रक्तदान कार्यमा नेपली समुदायलाई अभिप्रेरित गर्न कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

  himalayanvoice.com | ३ श्रावण २०८२, शुक्रबार २३:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online