ट्रेण्डिङ्ग:
|नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात|हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना|संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियाको संघीय एजेन्टहरूले परिचयपत्र लगाउनुपर्ने कानूनलाई रोक लगायो|सैन्य पारिवारिक उदारता घट्दै जाँदा टेक्सासमा एक आर्मी सार्जेन्टकी श्रीमती आइस हिरासतमा|गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति|प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा|गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा|ओमानसँग नेपाल पराजित

समाजसेवी शारदा श्रेष्ठको नेतृत्वमा उत्तर-दक्षिण क्यालिफोर्नियाका रक्त संचार सेवा समिति गठन

लस-एन्जलस । अमेरिकमा बसेर मानव सेवामा निरन्तर समर्पित शारदा श्रेष्ठको संयोजनमा क्यालिफोर्निया राज्यको लस-एन्जलस र सान फ्रान्सिस्कोमा बसोस्बस गर्ने रक्तदाताहरुलाई संगठित रुपले अभिप्रेरित गर्न ब्लड डोनर अफ अमेरिका स्थानिय च्याप्टर गठन गरिएको छ ।

दक्षिण क्यालिफोर्निया र उत्तर क्यालिफोर्नियाका नेपाली समुदायको हितमा केन्द्रित रहेर ब्लड डोनर अफ अमेरिका स्थानिय च्याप्टर गठन गरिएको समाजसेवी शारदा श्रेष्ठले जानकारी दिनु भएको छ ।

श्रेष्ठकाअनुसार दक्षिण क्यालिफोर्निया शम्भु सिवाकोटी ‘पीएमपी’को नेतृत्वमा ७ सदस्य कार्यसमिति गठन गरिएको छ ।

उत्तर क्यालिफोर्नियाकाका लागि राजन  कडेल अध्यक्ष रहेको ७ सदस्य कार्यसमिति चयन गरिएको छ ।

नवगठित कार्य समितिलाई ब्लड डोनर अफ अमेरिकाका उपाध्यक्ष शारदा श्रेष्ठले मानव सेवामा केद्रित रहेर रक्तदान कार्यमा नेपली समुदायलाई अभिप्रेरित गर्न कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

  himalayanvoice.com | ३ श्रावण २०८२, शुक्रबार २३:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online