ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

आतङ्कवादविरुद्ध क्षेत्रीय सहकार्य आवश्यक

काठमाडौँ । दक्षिण एसियाली मुलुकहरुमा बढ्दो आतङ्कवादी गतिविधि नियन्त्रणका लागि क्षेत्रीय राष्ट्रहरुबिच सहकार्य आवश्यक रहेको चर्चा भएको छ ।

नेपाल–भारत विकास मञ्चले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दक्षिण एसियमा आतङ्कवादको अवस्था र दीर्धकालिन समाधान विषयक विचार गोष्ठिका वक्ताहरुले आतङ्कवादको कुनै धर्म, विचार र भौगोलिक सीमा नहुने भन्दै त्यसविरुद्ध क्षेत्रीय राष्ट्रहरुको बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

सो गोष्ठीलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले दक्षिण एसियामा आतङ्कवादी गतिविधि बढ्दो क्रममा देखिनु चिन्ताको विषय रहेको बताउँदै नियन्त्रणका लागि दक्षिण एसियाली राष्ट्रहरुबिच सामूहिक सहकार्य जरुरी रहेको बताउनुभयो ।

उहाँले भारतलगायतका मुलुकमाथि हुने आतङ्कवादी गतिविधि निर्दोष नागरिकमाथि हुने हत्या, हिंसा नेपालका लागि सह्य नहुने स्पष्ट पार्दै आतङ्ववाद जुनसुकै मुलुकले संरक्षण गरे पनि दुर्भाग्यपूर्ण हुने बताउनुभयो ।

भारतको पेहलगाम, मुम्बई, संसद भवनलगायतका स्थानमा पछिल्लो समय गरिएका आतङ्कवादी हमला नेपालका लागि समेत अमान्य रहेको बताउँदै आतङ्वादी गतिविधिविरुद्ध भारतको अभियानमा जनस्तरबाटै नेपालले साथ दिने पनि बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री शक्ति बस्नेतले आतङ्कवाद विश्व जगतकै लागि चुनौतीपूर्ण रहेको बताउँदै सैन्य शक्तिबाट मात्र यसको समाधान खोज्नु अपर्याप्त हुने बताउनुभयो ।

उहाँले भौगोलिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिले दक्षिण एसिया संभावनाले भरिपूर्ण रहेकाले यसको सुरक्षाका लागि भारतलगायत क्षेत्रीय राष्ट्रहरुबिच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आतङ्कवादको कुनै सिद्दान्त र उद्देश्यबाट प्रेरित नभई विशुद्ध मानवता विरोधी अपराध रहेकाले यसलाई निर्मूल पार्न सामुहिक एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले दक्षिण एसियाली मुलुकहरु आतङ्कवादको उद्गम र प्रश्रयस्थल बन्ने खतरामा रहेकाले यसलाई निर्मूल पार्न कुनै पनि राष्ट्रले अदृष्य रुपमा संरक्षण, आश्रय प्रदान र आर्थिक सहयोग गर्न नहुनेमा जोड दिनुभयो ।

शत्रु राष्ट्रहरुले एक अर्काविरुद्ध आक्रमण गर्न तयार पारिएका आतङ्कवादी सङ्गठनहरु कालान्तरमा आफैंमाथि खतरा बन्दै गइरहेको र गरिवी वेरोजगार दरिद्रता जस्ता समस्याले यसलाई थप प्रश्रय दिइरहेको बताउँदै उहाँले भारतजस्ता शक्ति आतङ्कवाद विरुद्धको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आतङ्कवाद सभ्य समाजको लागि कलङ्क रहेको बताउँदै आर्थिक विकास र समृद्धिका लागि समेत बाधक रहेको बताउनुभयो ।

पूर्वसचिव मधुरमण आचार्य, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, द्वन्द्वविशेषज्ञ इन्द्र अधिकारीलगायतका विज्ञहरुले कुनै राजनीतिक उद्देश्य प्राप्तिका लागि नभई हत्या, हिंसा मार्फत नागरिकमा त्रास सिर्जना गर्ने क्रियाकलाविरुद्ध सभ्य समाज एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

दक्षिण एसियाली मुलुकहरुमध्ये आतङ्कवादी गतिविधि निशाना भारत हुने गरेको छ । खुला सिमाना र पौराणिक कालदेखिको विशेष सम्बन्धका कारण भारतविरुद्ध हुने जुनसुकै गतिविधिको सिधा असर नेपालमै समेत पर्ने बढी सजग हुनुपर्ने देखिन्छ ।

पछिल्लो ५० वर्षमा दक्षिण एसियाली मुलुकहरुमा भएका एक लाख ९० हजारभन्दा बढी आतङ्कवादी हमलामध्ये अधिकाङ्श भारत, अफगानिस्तान, पाकिस्तानमा भएको अध्ययनले देखाएको छ । एक अर्का विरुद्ध हुने यस्ता गतिविधि विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल अझ बढी चनाखो हुनुपर्नेमा विज्ञहरुले जोड दिंदै आउनुभएको छ । कार्यक्रम नेपाल भारत विकास मञ्च‌का अध्यक्ष रामकिशोर सिंहकाे सभापतित्वमा भएको थियो ।

  himalayanvoice.com | २७ श्रावण २०८२, सोमबार ०१:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online