ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

काँग्रेस भ्रातृ संस्थाको महाधिवेशन गर्न बनाइएको निर्देशिका पारित

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बसेको सभापति शेरबहादुर देउवासहितको बैठकले अधिवेशन गर्नेबारे बनाइएको निर्देशिका पारित गरेको छ ।

देउवासहित उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत शीर्ष तहको बैठकले निर्देशिका पारित गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

काँग्रेसका ७ भ्रातृ संस्थाहरूलाई पटक पटक महाधिवेशन गर्न म्याद थप गर्दा पनि नसकेपछि पार्टीले निर्देशन समिति बनाएको थियो ।

बैठकपछि उनले भने, ‘निर्देशन समिति र पार्टीका पदाधिकारीहरूको संयुक्त बैठक अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको छ ।’

बैठकमा आएका सुझावलाई समेटेर निर्देशिका पारित गरेको हो । महाधिवेशन गर्न नसक्ने तरुण दल सहमहामन्त्रीमा डीना उपाध्याय, नेविसंघ सहमहामन्त्रीमा किशोरसिंह राठोर, महिला संघमा डा। प्रकाशशरण महत, दलित संघ सहमहामन्त्री जीवन परियार निर्देशन समितिको संयोजक छन् ।

यस्तै, लोकतान्त्रिक खेलकुद संघमा मोहन बस्नेत, किसान महासंघमा रमेश रिजाल र थारू संघमा उदयशम्शेर राणा संयोजक छन् ।

  himalayanvoice.com | २७ श्रावण २०८२, सोमबार ११:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online