ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

काँग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

तनहुँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताउनुभएको छ । 

सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृति सभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, “पार्टीका लागि सहिद भएकाको परिवारलाई पार्टीले सधैँ हेर्छ । उच्च मूल्याङ्कन गर्छ ।” उहाँले विसं २००७ देखि नै लोकतन्त्रका लागि तनहुँबाट धेरैले ज्यान गुमाएको स्मरण गर्दै देशका लागि ज्यान गुमाउनेहरूको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “त्यस्तै बलिदान दिनेमध्ये सहिद कल्याण खनाल हुनुहुन्थ्यो ।  देशका लागि जीवन बलिदानी दिने साथीहरूले देखाएको बाटोमा अगाडि बढ्नुपर्छ । उहाँहरूले देखाएको बाटोमा अगाडि बढे मात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ ।”

सभापति देउवाले सहिद कल्याण खनाललाई व्यक्तिगत रूपमा चिनेको बताउँदै तत्कालीन अवस्थामा उहाँले आफूलाई धेरै सहयोग गरेको स्मरण गर्नुभयो ।

सो अवसरमा सभापति देउवाले सहिद कल्याण खनालको सम्झनामा निर्माण गरिएको अर्ध कदको सालिकको अनावरण गर्नुभएको थियो ।

  himalayanvoice.com | २८ श्रावण २०८२, मंगलवार १३:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online