ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

अस्वस्थ देखिएका रवि लामिछानेको रगत जाँच गर्न अस्पताल पुर्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या आएको छ ।

सभापति लामिछानेको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि अस्पताल पठाइएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएको पनि प्रवक्ता झाले जानकारी दिए । सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।

‘उहाँको स्वास्थ्यमा केही समस्या हो कि जस्तो लागेर जाँचका लागि उपसभापतिज्यूले पनि भन्नुभयो,’ झाले भने, ‘अहिले रगत परीक्षणका लागि पठाइएको छ ।’ रगतको रिपोर्ट भने आइनसकेको झाले जानकारी दिएका छन । लामिछानेलाई दुई दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।

  himalayanvoice.com | २ भाद्र २०८२, सोमबार १४:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online