ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

‘भारत र चीन समझदारीले नेपालको सार्वभौम अधिकारमा गम्भीर आघात पुग्यो’

काठमाडौँ । समाजवादी मोर्चा, नेपालले भारत र चीनबीचको समझदारीले नेपालको सार्वभौम अधिकारमा गम्भीर आघात पुगेको बताएको छ।

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै मोर्चाले लिपुलेक व्यापारिक नाका सुचारु गर्ने भारत र चीनको सहमतिप्रति गम्भीर ध्यान आकर्षित भएको उल्लेख गर्दै यस्तो बताएको हो।

मोर्चाको विज्ञप्तिम भनिएको छ, ‘लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको छ।’

विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल माओवादी क्रान्तिकारीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महेन्द्र राय यादवले हस्ताक्षर गर्नुभएको छ।

  himalayanvoice.com | ६ भाद्र २०८२, शुक्रबार ०८:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online