ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

कांग्रेस पदाधिकारी बैठक: महाधिवेशनको मुद्धामा केन्द्रित

ललितपुर । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा १५ औँ महाधिवेशनकेन्द्रित विमर्श भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरु भएको बैठकमा मङ्सिरमै नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र साङ्गठनिक रूपान्तरणमा जाने भन्ने सन्दर्भमा परामर्श भएको हो ।

बैठकमा समसामयिक राजनीतिक सन्दर्भ, सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन, पार्टीभित्र जेनजीको भावना अनुसार रूपान्तरणसहित भदौ २३ र २४ गतेपछि उत्पन्न परिस्थितिबारे समीक्षा भइसकेको छ । प्रवक्ता प्रकाशशरण महतले बैठकमा धारणा राख्ने नेताहरूबिच मङ्सिरमा नियमित महाधिवेशन हुन सक्छ कि सक्दैन भन्ने विषयमा मतभिन्नता देखिए पनि व्यावहारिक पक्षलाई दृष्टिगत गरेर निर्णयमा पुग्ने बताउनुभयो ।

उहाँले भदौ २३ र २४ गतेको आन्दोलनका सन्दर्भमा गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, निर्वाचनका सन्दर्भमा सरकारले संवाद गर्नुपर्ने, गृह मन्त्रालयले फौजदारी कसुरका अभियुक्तलाई कारबाही अघि बढाउनुपर्ने तथा निर्वाचन विश्वसनीय बनाउने जस्ता विषयमा छलफल भएको बताउनुभयो ।

उहाँका अनुसार बैठकमा असोज २६ गते तय भएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाका सन्दर्भमा पनि छलफल भएको छ । कांग्रेसभित्र तत्कालै महाधिवेशन गरेर नेतृत्व फेर्नुपर्ने, यसका लागि विशेष महाधिवेशन वा मङ्सिरमा नियमित महाधिवेशन गर्नुपर्नेसहित साङ्गठनिक संरचनामा समग्र रूपान्तरणको सन्दर्भमा बहस भइरहेको छ ।

संस्थापन र इतरपक्षबिच महाधिवेशनको विषयलाई लिएर बहस जारी रहँदा उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा बोल्ने नेताहरूबिच प्रस्ट दुई धार देखिएको छ । संस्थापन पक्षका केही नेताले निर्वाचनपछि नियमित महाधिवेशनमा जानुपर्ने अडान राख्दा संस्थापन इतरपक्षका नेताहरूले मङ्सिरमै नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्नेमा दृढ देखिएका छन् ।

नेताहरूले बोल्ने क्रम जारी रहेकाले बैठक आज शुक्रबार पनि बस्ने छ ।

  himalayanvoice.com | २३ आश्विन २०८२, बिहीबार २२:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online