ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

बालगोपालेश्वर मन्दिरमा भाइटीका रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएकाले काम विशेषले काठमाडौँमा बसेका र आफ्नो दिदीबहिनी नभएकाहरूले टीका लगाउन आउने गरेका छन् ।

काठमाडौँ । काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड रहेको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मूख्य दिन आज दिदीबहिनी नहुनेका लागि एक दिन सो मन्दिर टीकाका लागि खुला गर्ने गरिएको छ ।

टीकाको साइत ११ बजेर ३९ मिनेटअघि नै बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भिड लागेको छ । दिदीबहिनी एवम् दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गएर पूजा, दर्शन गरी टीका लगाउने गरिन्छ ।

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएकाले काम विशेषले काठमाडौँमा बसेका र आफ्नो दिदीबहिनी नभएकाहरूले टीका लगाउन आउने गरेका छन् । यस दिन विदेशी नागरिकले समेत भाइटीका लगाउने गरेका छन् ।

  himalayanvoice.com | ७ कार्तिक २०८२, बिहीबार १०:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online