ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

रुकुममा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रुकुमपश्चिम  । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । 

शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार घाइतेको उद्धार कार्य र्भरहेको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

दुर्घटनाको सूचना लगत्तै नदुवास्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेर उद्धारमा सक्रिय रहेको छ । प्रहरीका अनुसार जीपमा करिब १८ जना यात्रु थिए ।

जीप चालक टोपजंग बुढा गम्भीर रहेको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुलेको छैन ।

  himalayanvoice.com | ८ कार्तिक २०८२, शुक्रबार १०:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online