ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

डडेल्धुरा आउँदै गरेको जिप दुर्घटना, पाँच जना घाइते

डडेल्धुरा । डोटी जिल्लाबाट डडेल्धुरा आउँदै गरेको जिप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते हुनुभएको छ । डोटी डडेल्धुरा जोड्ने डा. केआई सिंह राजमार्ग अन्तर्गत पर्ने डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३, मछलीखोलामा दुर्घटना भएको हो । 

शनिबार मध्यान्ह १२ः०० बजेको समयमा लुम्बिनी प्रदेश ०१००१ च. ३३०१ नम्बरको बलेरो जिप सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी जिपमा सवार डोटीको सायल गाउँपालिकाका पाँच जना घाइते हुनुभएको छ । घाइते हुनेहरूमा १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षका केशव साउँद रहनुभएको छ ।

घाइतेहरूमध्ये चार जनाको अवस्था सामान्य छ भने लाली साउँदको अवस्था मध्यम रहेको उहाँले जानकारी दिनुभयो । घाइतेहरू सबैको प्रहरीले उद्धार गरी डडेल्धुरा अस्पताल लगिएको उहाँले बताउनुभयो । दुर्घटनाको कारण नखुलेको र यसबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

  himalayanvoice.com | ९ कार्तिक २०८२, शनिबार १०:११

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online